भीरबाट लडेर महिलाको मृत्यु
अर्घाखाँची : सन्धिखर्क नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। वडा नं ११ डिभर्ना अमिमाकी ३३ वर्षीया कमला बुढाथोकीको गयराती उपचारको क्रममा मृत्यु भएको हो।
गम्भीर घाइते भएकी उनलाइ जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको पनि प्राथमिक उपचारपछि थप उपचारका लागी बुटवल रिफर गरिएको थियो। उपचारका लागि बुटवलतर्फ लैजादै गर्दा गयराती पथ्थरकोट नजिकै बुढाथोकीको मृत्यु भएको उनका आफन्तले जानकारी दिए।
मृतक बुढाथोकीसँगै घाँस काट्न गएकी कान्छी छोरी संगीता बुढाथोकीले आमा भीरबाट लडेको देख्न साथ स्थानीयलाई खबर गरेकी थिइन्। घर नजिकैको अमिले, भिरापुछुर भीरमा घाँस काट्न जाँदा उनी भीरबाट करिब ३ सय मिटर तल खसेकी थिइन्।