राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, माघ १४ सम्मका लागि बैठक स्थगित
काठमाडौं: संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । सोमबार दुई पटकसम्म कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको एक साताका लागि स्थगित भएको छ।
सोमबार बिहान ११ बजे बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनालले आधा घण्टाका लागि स्थगित गरेका थिए ।
त्यसपछि मध्यान्ह १२ बजे बसेको बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि आजका कार्यसूची हटाएर माघ १४ गते ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।