स्ववियु चुनाव सम्बन्धी छलफल सम्पन्न

स्ववियु चुनाव सम्बन्धी छलफल सम्पन्न

कीर्तिपुर : त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आसन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरुसंग छलफल गरेको छ।

शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा डीन, निर्देशक, महाशाखा प्रमुखहरु एवं क्याम्पस प्रमुखहरुबाट निर्वाचन सफलतापुर्वक सम्पन्न गर्न र तोकिएको जिम्मेवारी पुरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश हुनुपर्ने आचारसंहिताका विषयवस्तुहरुमा छलफल गरी सुझावहरु प्रस्तुत गरिएका छन्।

कार्यक्रममा त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँले क्याम्पस प्रमुखहरु एवं विद्यार्थी संघसंगठनहरुसंग निरन्तर छलफलमा रहेर निर्वाचन सम्पन्न गर्ने बताए। उनले उमेद्वार हुने उमेरहद अघिल्लो निर्वाचनबाट स्थापित भइसकेकोले यो निर्वाचनलाई नियमित प्रक्रियाको रुपमा सम्पन्न गर्नुपर्ने दायित्व त्रिविका सबै आङ्गिक क्याम्पसहरुलाई भएको बताए।

छलफलबाटै निर्वाचनसम्बन्धी स्पष्ट रुपमा विधि र प्रक्रियाको टुङ्गो लगाएर तोकिएको मितिमा निर्वाचन गर्न त्रिवि सक्षम रहेको बताउनु हुँदै उनले त्यसको लागि सम्पूर्ण व्यवस्थापनको तयारीमा जुट्न, मतदाताहरुको नामावलीको टुङ्गो लगाउन र क्याम्पसभित्र क्रियाशिल विद्यार्थी संघसंगठनहरुसंग निरन्तर सम्वाद गर्न क्याम्पस प्रमुखहरुलाई आग्रह गरे।

शिक्षाध्यक्ष प्रा.डा. त्रिपाठीले निर्वाचन प्रक्रियाको तयारी थाल्न त्रिविबाट पहिलो परिपत्र भइसकेको स्मरण गराउनुहुँदै दोस्रो चरणमा यो छलफल चलिरहेको बताए। उनले अघिल्लो पटक निर्वाचन सम्पन्न गराएको अनुभवका कारण यस पटक अझ सहज ढँगले सबै क्याम्पसहरुमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.