७७ वटै जिल्लामा राप्रपाको घरदैलो

७७ वटै जिल्लामा राप्रपाको घरदैलो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियान अन्तर्गत देशव्यापी घरदैलो कार्यक्रम गरेको छ। राप्रपाले सोमबार देशका ७७ वटै जिल्लामा घरदैलो गरेको हो। घरदैलो मंगलबार साँझसम्म जारी रहनेछ।  

माघ १३, १४ र १५ गते देशका सबै नगरपालिका र गाउँपालिकामा हुने हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण सभाको तयारी स्वरुप दुई दिने घरदैलो कार्यक्रम गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।  

घरदैलोका लागि राप्रपाले शीर्षसहित सबै तहका नेतालाई आआफ्नो जिल्ला खटाएको छ। अध्यक्ष कमल थापा गृह जिल्ला मकवानपुरको हेटौंडाका विभिन्न स्थानमा घरदैलोमा छन्। अभियानका लागि राप्रपा नेता एवं सांसद राजेन्द्र लिङ्देन झापाको भद्रपुर नगरपालिका र हल्दिबारी गाउँपालिकामा छन्।

घरदैलो आरम्भ गर्दै अध्यक्ष थापाले 'अत्यधिक रुपमा भइरहेको धर्म परिवर्तन राष्ट्रको लागि खतरा भएको' बताएका छन्। यसले नेपालमा धार्मिक द्वन्द हुने खतरा बढेको उनले दावी गरे।

केही वर्षयता हिन्दु, बौद्ध, तथा किराँतजस्ता सनातन धर्ममाथि योजनाबद्ध र सांगठनिकरुपमा आक्रमण भइरहेको, लोभलालचमा पारेर अर्बौं रुपैयाँ खर्च गरी धर्म परिवर्तन गराउने काम भइरहेको उनको भनाई छ।

नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गरिनुपर्ने बताउँदै अध्यक्ष थापाले यसका लागि राप्रपाले देशव्यापी अभियान सञ्चालन गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.