खानेपानी मन्त्री बीना मगर अस्पताल भर्ना
काठमाडौं : खानेपानी तथा सरसफाई मन्त्री बीना मगर अस्पताल भर्ना भएकी छिन्। मन्त्री मगर ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन्।
उनलाई सामान्य ज्वोरो आएपछि सोमबार बेलुका हस्पिटल लगिएको उनका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिए। डाक्टरले पनि आरामका लागि एक दुई दिन अस्पतालमै बस्न भनेपछि अस्पताल भर्ना गरिएको स्वकीय सचिव मगरले बताए ।
मन्त्री मगरकी सासू सीता दाहाल पनि स्वास्थ्य समस्याका कारण सोही अस्पातालमा उपचारत छिन् । सीताको आइसियुमा उपचार भइरहेको छ ।