बद्री पंगेनीले पहिले रुवाए, अनि छमछमी नचाए

बद्री पंगेनीले पहिले रुवाए, अनि छमछमी नचाए

सन्धिखर्क : 

बाध्य भइयो परदेशमा छिर्न ।
मैले पढ्दा लाएको ऋण तिर्न ।

आमा बिदा पाउँदिन अहिलेको साल पनि घरमा आउँदिन ।

गायक बद्री पंगेनी मञ्चमा प्रवेश गरेर यो गीत गाएपछि मेला हेर्न आएका अधिकांश दर्शकका आँखा रसाए । कोही पिलपिलरुन पनि थाले । क्यामेरा भएका र मोबाइलले फोटा खिच्ने जतिले तस्बिर र भिडियोमा कैद गर्न थाले । जब बद्री भाबबिह्वल भएका आमाको नजिक गएर गीत गाउन थाल्छन् तब सबै दर्शक उनीतिर भावुक हुँदै झुम्मिन्थे । 

पंगेनीले आमाहरुलाई मात्र भावुक बनाएनन् । अन्य उमेरका दर्शकले पनि आँखा मनिल बनाए । जब जब बद्री विदेश छोरा भएका आमाहरु नजिकै गीत गाउन थाल्थे तब सबै दर्शकहरुका आँखामा आँसु छचल्किन्थ्यो । 

यो गीत गाइसकेपछि उनले भने, ‘सबै रुन पो थाल्नु भयो, आज त मेला हेर्न आउनु भएको हाँस्दै नाच्नु पर्छ ।’ उनले एउटा भजन गाएपछि सबै नाच्न थाले । उनले अब आमा दिदी बहिनीहरु सबैले विदेशमा होइन स्वदेशमै केही गरौँ भनेर सम्झाउन आग्रह गरे । 

पंगेनीले जब गीतमा ‘हाम्रो गाँउमा स्कुल छैन बाटो छैन पानी छैन, जनतालाई साँझ बिहान पेटभरी खान छैन’ गाए, तब सबै दर्शकले ताली बजाएर हात हल्लाउन थाले । सबैले ‘हो यही नै छ हाम्रो अवस्था’ भनेर संकेत गरे ।

सन्धिखर्कमा जारी अर्घाखाँची महोत्सवमा पंगेनीले ससुरालीमा, मन थिएन जोगी बन्नलाई, पञ्चेबजाको टाइकुटी टाइ लगायतका गीत गाएर भरपुर मनोरञ्जन दिए । उनको गीतमा युवायुवती, वृद्धवृद्धा सबै छमछमी नाच्दा सन्धिखर्कमा धुलो उडेको थियो । बद्रीको गीतमा साथ दिन र उनलाई हेर्न गाँउगाँउबाट मानिस आएका थिए । 

अर्घाखाँचीसहित छिमेकी गुल्मी, प्युठान, कपिलबस्तु, पाल्पा र कपिलबस्तुबाट सन्धिखर्क आएका दर्शकलाई गीत गाएर बद्रीले भरपुर मनोरञ्जन प्रदान गरेका छन् । 

अर्घाखाँचीका धार्मिक र पर्यटकीयस्थलको प्रचार प्रचार गरि संस्कृति जगेर्ना गर्ने उदेश्यले गरिएको महोत्सवमा कलाकारहरु प्रमोद खरेल, अमृता भट्टराई र शोभा त्रिपाठी  लगायतले आफ्नो प्रस्तुती दिए ।  
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.