ओखलढुंगाका होटलमा जनशक्ति अभाव

ओखलढुंगाका होटलमा जनशक्ति अभाव

ओखलढुंगाः सदरमुकाममा रहेका होटलमा दक्ष जनशक्ति अभाव भएको छ। कुक, वेटर, क्लिनरलगायतका जनशक्ति अभाव हुँदा होटल सञ्चालनमा समस्या भएको हो।  करिब एक करोड लागतमा माउन्टेन भ्यू होटल सञ्चालनमा ल्याएका भीम कार्कीले होटलमा जनशक्ति व्यवस्थापन गर्न समस्या भएको बताए।उनका अनुसार मागे अनुसारका तलब दिँदा पनि ओखलढुंगामा जनशक्ति पाउन सकिने अवस्था छैन। 

जनशक्ति अभाव हुँदा जिल्ला सदरमुकाममा रहेका २ दर्जन बढी होटलले पर्यटक लक्षित सेवा दिन कठिनाई भएको होटल सञ्चालकले बताएका छन्। होटल व्यवसायी संघ ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राईले होटलका लागि आवश्यक जनशक्ति यहाँ उत्पादन नहुँदा समस्या भएको जानकारी दिए। उनले भने, 'स्थानीय स्तरमा तालिम नभएकाले जनशक्ति उत्पादन शून्य छ, बाहिरबाट ल्याउन पनि गाह्रो छ।'
 

दक्ष जनशक्ति बाहिरबाट ल्याउन खोज्दा पनि आउन नमान्ने समस्या प्रमुख रहेको ग्रीनहिन होटलका सञ्चालक सञ्जीब कार्कीले बताए। काठमाडौं, विराटनगरलगायतका अन्य जिल्लाबाट बाह्य क्षेत्रबाट ल्याइएका जनशक्ति पनि टिकाउन गाह्रो हुने उनले बताए।  

जिल्लामा कुक, वेटर, क्लिनरलगायतका विषयमा तालिम विरलै हुने गरेको छ। सात वर्ष अगाडि एकपटक कुकसम्बन्धी तालिम भएको भएपनि त्यसपछाडि कुनै तालिम नभएको अध्यक्ष राईले दावी गरे। दक्ष जनशक्ति अभाव हुँदा यहाँका होटल व्यवसायीले सोचेजस्तो सेवा दिन कठिनाई भएको बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.