मालपोतका कर्मचारी ५० हजार घुससहित पक्राउ
नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय नेपालगन्जबाट मंगलबार एकजना कर्मचारीलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले साँझ ४ बजे मालपोत कार्यालयका खरदार सञ्जयकुमार ठाकुरलाई सेवाग्राहीको काम गरिदिने भन्दै लिएको घुससहित नियन्त्रणमा लिएको हो ।
अब ठाकुरलाई थप अनुसन्धान गरी कानूनी कारवाही अघि बढाउने बताइएको छ ।