सात वर्षीयको घाँटीमा अड्कियो सिक्का, बाबुआमा चिन्तित

सात वर्षीयको घाँटीमा अड्कियो सिक्का, बाबुआमा चिन्तित

रोल्पा  : रोल्पामा सात वर्षीय बालकको घाँटीमा दुई रुपैयाँको सिक्का अड्किएको छ । रोल्पा नगरपालिका कोटगाउँका ७ वर्षीय महेश खड्काको घाँटीमा सिक्का अड्किएपछि उनका बुबाआमाले मंगलबार राति जिल्ला अस्पताल रेउघा ल्याएका छन्  ।

अभिभावकका अनुसार बेलुका ५ बजेतिर उनले सिक्का निलेका थिए । मुखमा राखेर खेलाउँदै गर्दा झुक्किएर निल्न पुगेका थिए । सिक्का निलेपछि उनलाई अप्ठ्यारो भएको थियो । पानी पिउँदा बान्ता गर्ने लक्षण देखिएपछि अभिभावकले अस्प्ताल ल्याएका हुन । 

अस्पतालमा उनको घाँटी एक्सरे गरियो । एक्सरेमा बालकको घाँटीमा सिक्का अड्किएको पाइएको छ । 'अस्पताल ल्याइएका बालकको एक्सरे गर्दा घाँटीमा सिक्का तेर्सिएर रहेको पाइयो', डाक्टर अनुभवले भने, 'उनलाई तत्काल सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरेका छौँ  ।'

एक्सरे शाखाका उमेश कालामगरका अनुसार सिक्का घाँटीमा अड्किएको थाहा पाएपछि अभिभावक आत्तिएका छन् । विपन्न अवस्थाका उनिहरु अस्पतालबाट अत्तालिदै निस्किएका छन् ।

चौबीस घण्टामा बालकको सुविधाजनक अस्पतालमा उपचार नभए जोखिम हुने डाक्टरले सुझाएका छन । रेफर गर्दासम्म बालक अवस्था सामान्य रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.