नेताका काम खोज्दै जनता

नेताका काम खोज्दै जनता

भद्रपुर : झापा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित राम कार्कीले चुनावका बेला सडकलाई मुख्य एजेन्डा बनाएका थिए। उनले चुनाव जितेको एक वर्ष भयो। उनी झापा आए–गएको जनताले सुइँकोसम्म पाउँदैनन् ।

‘निर्वाचन भएको एक वर्ष अवधिमा तीन महिनामा एकपटक तपाईंहरूको घरदैलोमा समस्या बुझ्दै आउँछु भन्नुहुन्थ्यो’, ज्यामिरगढीका हरिभक्त कटवालले भने, ‘आजसम्म देखिएको छैन ।’ कार्कीले दुई वर्षमा आफ्नो निर्वाचन क्षेत्रका सडक कालोपत्रे हुने र नभए आफूलाई यो ठाउँमा फर्किन नदिनुहोला भनेको उनले सुनाए। उनका अनुसार निर्वाचनअघि जस्तो अवस्था थियो केही परिवर्तन भएको छैन। ‘एक वर्षसम्म के गर्नुभयो भनेर माननीयलाई सोध्न मन छ’, उनले भने ।

प्रतिनिधिसभा सदस्य कार्की मात्र होइन, स्थानीय, प्रदेशदेखि केन्द्रसम्म पुगेका नेतासँग मतदाताले रिजल्ट खोज्न थालेका छन्। उनीहरूले चुनावी प्रतिबद्धता पूरा गर्न खबरदारी गरिरहेका छन्। तर, एक वर्ष थिति बसाल्दैमा ठिक्क भएको कार्कीको भनाइ छ। ‘संघीयतामा गएको देशलाई सिस्टममा नल्याई कुनै काममा ध्यानाकर्षण गर्न नसकिने रहेछ’, उनले भने, ‘योजना आउन सुरु भएको छ। मैले बोलेका काम पूरा हुन्छन् ।’ आफू केही ठाउँमा पुगे पनि सबै ठाउँमा भने सम्भव नभएको उनको भनाइ छ ।

भद्रपुरकी युवा नेतृ सविता मैनाली घिमिरे झापाबाट निर्वाचित नेताको कामबारे फेसबुक र ट्विटरमार्फत खबरदारी गर्छिन्। ‘प्रतिनिधिसभामा विजयी भएर गएका हुन् अथवा दुई वर्षअघिका जनप्रतिनिधि हुन्, सबैको घोषणापत्रका ठूला–ठूला आश्वासन खोइ कता पूरा हुँदै छन् ? ’ उनको प्रश्न छ, ‘झापाका सडक चिल्लासँगै जंगली हात्तीको समस्या दुई दिनमा ठीक गर्छु भनेर चुनावी घोषणापत्र निकालेका नेता एक वर्ष चुपचाप देखिन्छन् ।’

संघीयतामा गएको देशलाई सिस्टममा नल्याई कुनै काममा ध्यानाकर्षण गर्न नसकिने रहेछ । - राम कार्की, प्रतिनिधिसभा सदस्य

झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्पm चुनाव लडेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि जनप्रतिनिधिप्रति असन्तुष्टि जनाएका छन्। ‘उहाँहरूले जितेर गएपछि नै दक्षिणी झापाका बहुवर्षीय आयोजना करिब–करिब ठप्प छन्’, प्रतिस्पर्धी राजेन्द्रप्रसाद लिङ्देनलाई इंगित गर्दै उनले भने, ‘चुनावका बेला भनेका कुरा पूरा गर्न एक वर्षमै त सकिँदैन तर योजना त बन्न सक्छन् ।’ सरकारसँग पैसो धेरै भएकाले काम गर्न मेसो नपाएको भन्दै उनले व्यंग्य गरे ।

बिर्तामोडका रमेश प्रसाईंका अनुसार गाउँका मान्छे बजार आउन भनेपछि नाक थुन्छन्। ‘बजारको ढल बाटोभरि छरपष्ट छ’, उनले भने, ‘मेयर साहेब विषादीमुक्त तरकारी खेतीतिर मात्र देखिनुहुन्छ। बजार गन्हाएर बसिनसक्नु छ ।’ घोषणा गरेका काम आजको भोलि गर्न नसकिने झापा गाउँपालिका अध्यक्ष जयनारायण साहको भनाइ छ। ‘पाँच वर्षमा गर्ने कामको रिजल्ट दुई वर्ष नबित्दै खोज्ने हो भने अबका दिनमा काम गर्न झनै असहज हुन्छ’, उनले भने ।

भद्रपुर नगरपालिकाले सानातिना बाटाघाटा बनाउने कामबाहेक अरू केही नहेरेको स्थानीय रमेश पोख्रेलको भनाइ छ। नगरका कामभन्दा निजीमा बढी ध्यान दिने परिपाटी हाबी भएको उनको बुझाइ छ। ‘एक–दुईवटा कामबाहेक नगरपालिकाभित्र पर्ने गिरिजाप्रसाद कोइराला स्मृति गृह, मेची अञ्चल अस्पताल विस्तार, मेचीपारि झोलुंगे पुलजस्ता योजना अलपत्र छन्’, उनले भने, ‘यी कुरामा नगरले पूरै बेवास्ता गरेको छ। स्थानीय तहदेखि केन्द्रमा आफ्नै सरकार हुँदा पनि जनप्रतिनिधिले केही पहल गर्दैनन् ।’

चुनाव जितेपछि एक दिन पनि वि श्राम नलिएको भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठको भनाइ छ। ‘लथालिंग अवस्थामा रहेको नगरलाई यति छोटो समयमा सम्हाल्ने क्रममा छौं’, उनले भने, ‘घोषणाअनुरूप छिटो र सहज तरिकाले काम गर्न समय लाग्छ। पाँच वर्षसम्म हामी प्रतिबद्धता पूरा गर्छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.