एक शिक्षकको भरमा विद्यालय

एक शिक्षकको भरमा विद्यालय

रुकुमपूर्व : रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ काँडास्थित प्रगति आधारभूत विद्यालय गत वैशाखदेखि एक शिक्षकको भरमा चलिरहेको छ। कक्षा ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा दुई जना राहत शिक्षक थिए। एक जनाले राजीनामा दिएको ९ महिना पुगिसक्दा पनि पदपूर्ति हुन सकेको छैन।

दरबन्दी रिक्त भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले गत असार पहिलो साता शिक्षा विकास तथा समन्वय इकाइबाट अनुमति लिएर विज्ञापन गरी शिक्षक भर्ना गर्ने निर्णय गरेको थियो। तर, अहिलेसम्म अनुमति पाउन नसक्दा समस्या भएको छ। रिक्त पदमागाउँपालिका–१ ठूला सिस्नेमा कार्यरत शिक्षिका सुनीता भण्डारी हमाललाई सरुवा गरेर ल्याउने नियतले विद्यालयलाई विज्ञापन गर्ने अनुमति नदिएको स्थानीको आरोप छ। उनी नेकपाका स्थानीय नेता ठगेन्द्र हमालकी श्रीमती हुन्।

राहतमा कार्यरत शिक्षकहरूको सरुवा गर्न मिल्ने प्रावधान नभए पनि गाउँपालिकाले त्यसविपरीत गर्न खोज्दा विद्यालय व्यवस्थापन समितिले अस्वीकार गरेको छ। गाउँपालिकाले आन्तरिक दरबन्दी मिलान गर्ने विषयमा छलफल चलिरहेकोले अहिले विज्ञापन गर्ने अनुमति नदिन भनेकोले अनुमति रोकिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतमले बताए। उता गाउँपालिकाले पनि १५/१६ वर्ष दुर्गममा काम गरेको भन्दै सुनीतालाई राहतकै दरबन्दीमा ल्याउन मिल्ने दाबी गरेको छ। त्यस विषयमा जिल्ला समन्वय समितिले समेत सरुवाका लागि सहजीकरण गरेको र बाहिरबाट शिक्षक ल्याउने भएकोले विज्ञापनको अनुमति नदिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन्।

विद्यालयमा हाल एक सय १४ जना विद्यार्थी छन्। शिक्षक अभावले उनीहरूको पढाइ प्रभावित भएको प्रधानाध्यापक हिमलाल खड्काले बताए। ‘लामो समयदेखि शिक्षक एक्ले हुँदा समस्या भएको छ’, उनले भने। गाउँपालिकाले विद्यार्थी अनुपातका आधारमा शिक्षक कम भएका विद्यालयमा करारमा राख्ने अनुमति दिएपछि यस विद्यालयमा पनि मंसिर १ गतेदेखि एक जना नयाँ शिक्षक राखिएको छ। शिक्षक अभावले विद्यालयका सहयोगी कर्मचारीले समेत पठनपाठन गराउने गरेको विद्यालयले जनाएको छ। यहाँबाट अन्यत्र पढ्न जान धेरै टाढा भएपछि २०५२ सालमा यो विद्यालयको स्थापना भएको थियो। यहाँबाट अर्को विद्यालय पुग्न डेढ घण्टा र यसै वडाको ढाका पुग्न एक घण्टा लाग्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.