नेपालगञ्जका ४ चोकमा घुम्ती शौचालय
नेपालगञ्ज : नेपालगन्ज उपमहानगरपालिकाका ४ चोकमा बुधबारदेखि ४ वटा सशुल्क घुम्ती शौचालयको व्यवस्था गरेको छ। नगर खुला दिशामुक्त घोषणा भइसक्दा पनि सहरका मुख्य चोक सार्वजनिक शौचालयविहीन भएको आरोप खेपेपछि उपमहानगरपालिकाले ४ वटा चोकका लागि ५९ लाख रुपैयाँको लागतमा ४ वटा घुम्ती शौचालय राखेको हो।
त्रिभुवन चौक, पुष्पलाल चौक, गणेशपुर बसपार्क र गुलरिया बसपार्कमा उपमहानगरले शौचालय सञ्चालनमा ल्याएको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए। एउटा शौचालयलाई एकै पटक ८ जनाले प्रयोग गर्न सक्छन्।
नेपालगन्जको त्रिभुवन चोकमा सञ्चालनमा ल्याइएको घुम्ती शौचालय। तस्बिर : शंकरप्रसाद खनाल