जहाज खरिद प्रक्रिया गलत थियो, म सुधारमा लागेको छु : मन्त्री अधिकारी

जहाज खरिद प्रक्रिया गलत थियो, म सुधारमा लागेको छु : मन्त्री अधिकारी

बिर्तामोड : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ‘वाइडबडी’ विमान खरिद गर्दा व्यापार योजना नै गलत भएकाले निगमलाई ठूलो आर्थिक क्षति पुगेको बताएका छन् ।

झापाको बिर्तामोडमा बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमका दुईवटा ‘वाइडबडी’ विमान खरिद प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै अघिल्लो सरकारकै पालामा खरिद प्रक्रिया गलत भएको बताएका हुन् ।

उनले ती वाइडबडी खरिद गर्दा रकम दिने, सम्झौता, खरिद मिति तोक्ने र गुणस्तर पहिचान गर्ने कुरामा तत्कालिन सरकारले गलत निर्णय गरेको आरोप लगाए ।

ती सबै प्रक्रिया आफूले मन्त्रालय सम्हाल्नु भन्दा अघि नै सकेकाले यस प्रकरणमा आफ्नो संलग्नता नरहेको अधिकारीले स्पष्टिकरण दिए । मन्त्री अधिकारीले भने, ‘विमान किन्ने प्रक्रिया २०७१ सालबाट सुरु भएको हो, नेपाललाई जहाज चहिन्थ्यो, बिज्नेस प्लान राम्रो भयो–भएन अझै अनुसन्धान आवस्यक छ ।’

ती विषयमा अनियमितता भएको वा नभएकोबारे पनि अनुसन्धान भइरहेकोले गलत भेटिए सबैलाई कारबाही हुने उनले बताए । साथै यसअघि नेपालले जहाज खरिद गर्न पैसा पठाउने र उतै ढिसमिस हुने परिपाटीले निगमलाई क्षति पुगेको दाबी उनको छ ।

‘पहिलेका धेरै खरिद प्रक्रिया गलत भेटिएका छन्, म सुधारमा लागेको छु, केहीले धमिल्याउन पनि खोजे,’ अधिकारीले भने । आफूले मन्त्रालय सम्हालेपछि वायुसेवा निगममा ठूलो सुधार ल्याएको पनि अधिकारीको दावी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.