बितामोड महोत्सवको तयारी पूरा, हेलिकप्टरबाट अवलोकन गराइने

बितामोड महोत्सवको तयारी पूरा, हेलिकप्टरबाट अवलोकन गराइने

बिर्तामोड : बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको ९५ प्रतिशत तयारी पूरा भएको छ। बिर्तामोड उद्योग वाणिज्य संघकोले आयोजमा माघ ११ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सव तयारी लगभग पूरा भएको हो।

महोत्सवको आकर्षणका रुपमा माउन्टेन एयरको हेलिकप्टर ल्याइने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताएका छन्। 

हेलिकप्टरमा कन्या राखेर पुष्पवृष्टी गराउँदै महोत्सव उद्घाटन गर्ने आयोजक समितिको तयारी छ। तीनवटा प्याकेजका रुपमा हेलिकप्टर सञ्चालन गरिने बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्कीले जानकारी दिए। 

उनका अनुसार ५ मिनेटको प्याकेजमा बिर्तामोड अवलोकन गर्न सकिने छ। १० देखि १२ मिनेटको प्याकेजमा झापाभित्रै ३६ किलोमिटर उडान गराइने उनले बताए। आयोजक समितिले बिर्तामोडदेखि ताप्लेजुङस्थित पाथीभरादेवीको मन्दिरसम्मका लागि तेस्रो प्याकेज बनाएको छ। एक पटकमा ६ जना चढ्न मिल्ने हेलिकप्टर आउने बताइएको छ। हेलिकप्टर महोत्सव अवधिभर रहनेछ।

महोत्सवमा २ लाख भन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए। ‘महोत्सव उद्योगी व्यवसायीको मात्र नभएर समग्र झापाली नागरिकको गौरव बन्ने हामीले विश्वास लिएका छाँै,’ शिवाकोटीले भने। 

महोत्सवको प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई रहने छन्।
महोत्सव अवधिमा विभिन्न संघसंस्थाको सहयोगमा आँखा शिविर, दन्त शिविर, छाला रोगसम्बन्धी शिविर, प्राथमिक उपचार सेवा, एम्बुलेन्स सेवा, रक्तदान कार्यक्रमलगायत स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गर्न उपसमिति गठन गरिएको छ।

महोत्सवका लागि २ सय १० वटा स्टल बुकिङ भएको उपाध्यक्ष पार्वता खरेल विमलीले बताइन्। आयोजक समितिका अनुसार नेपाल लगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने उद्देश्यका साथ बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो। मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता रहनेछ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.