वाणिज्य बैंकको बार्षिकोत्सव मनाउने रकम वृद्धाश्रमलाई

वाणिज्य बैंकको बार्षिकोत्सव मनाउने रकम वृद्धाश्रमलाई

नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैंकको बाँकेमा रहेका शाखा तथा कार्यालयमा कार्यरत कर्मचारीले वार्षिकोत्सव मनाउने रकममा व्यक्तिगत रुपमा थप गरी एक लाख ८५ हजार रुपैयाँ वृद्धाश्रमलाई सहयोग गरेका छन्। 

बैंकको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयले ८० हजार, नेपालगन्ज शाखा कार्यालयले ५० हजार, त्रिभुवन चोक शाखाले ३० हजार र खजुरा शाखाले २५ हजार रुपैयाँ नेपालगन्जको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष सरिता खनाललाई बिहीबार हस्तान्तरण गरेका हुन्। 

‘५४औं वार्षिकोत्सवमा चियापान गर्न केन्द्रबाट रकम आएको थियो। हामीले फजुल खर्च नगरेर सेवा गर्ने भन्यौैं र नीलसागरलाई सहयोग गरेका हौं’, रकम हस्तान्तरणपछि बैंकका क्षेत्रीय कार्यालय प्रमुख आनन्द सुवेदीले भने, ‘बर्दियाको गुलरिया शाखाले विद्यार्थीलाई पाठ्यसामग्री र स्टेशनरी वितरण गरेको छ। सुर्खेत शाखाले बिरामीलाई फलपूmल बाँडेको छ। २५ जिल्लाका ५० शाखाले कुनै न कुनै सेवाको भावनाले काम गरेका छन्।’ 

केन्द्रबाट वार्षिकोत्सव मनाउन ५० हजार रुपैयाँमा आएको थियो। क्षेत्रीय र अन्य तीन शाखामा कार्यरत बैंकका हरेक कर्मचारीले कम्तीमा दुई हजारदेखि सात हजार रुपैयाँ व्यक्तिगत रुपमा थप गरी रकम सहयोग गरेका सुवेदीले बताए।  
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.