केराउसहितको ट्रक छुटाउन सडकमा प्रदर्शन, ७ व्यापारी पक्राउ

केराउसहितको ट्रक छुटाउन सडकमा प्रदर्शन, ७ व्यापारी पक्राउ

वीरगन्ज : भारत तस्करी गर्न लागिएको भन्दै प्रहरीले बरामद गरेको केराउसहितको ट्रक छोड्न माग गर्दै व्यापारीले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी ७ जनालाई नियन्त्रणमा लिएको छ। वीरगन्ज पोखरीया सडकखण्डको तिलावे पुल छेउको सडकमा बिहीबार टायर बालेर सडक अवरुद्ध स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  

पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका- ४ का उतम तिवारी भनिने निरंन्जन तिवारी, चिन्टु भनिने शंकर पुकार तिवारी ,सोनालाल साह, रवी गुप्ता, दामोदर तिवारी, संतोष गुप्ता र नवलकिशोर साह रहेका छन्। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले जानकारी दिए।

टायर बालेर सडक अवरुद्ध गरेका व्यापारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै उनीहरुलाई लछारपछार पनि गरेको थियो। वीरगंजको रामगढवाबाट ना ४ ख १२२ नम्बरको ट्रकमा २५ मेट्रिक टन (पाँच सय बोरा) केराउ लोड गरी तिलावे पुल हुँदै अमरपट्टी नाकाबाट भारततिर तस्करी गर्न लागेको भन्दै प्रहरीले उक्त केराउसहितको ट्रक बुधबार राति तिलावेपुलबाट नियन्त्रणमा लिएर जिल्ल प्रहरी कार्यालय पर्सामा राखेको छ।

केराउसहितको ट्रक छुटाउन भन्दै प्रहरीलाई दवाव दिन तिलोवे पुलमा केराउको कारोबार गर्दै आएका विन्दवासिनी गाउँपालिका- ४ का उतम तिवारी भनिने निरंन्जन तिवारीलगायतका व्यपारीले टायर बालेर प्रर्दशन गरेका थिए। 

विन्दवासनी गाउँपालिका- ४ मा रहेको संदीप सप्लार्यसका संचालक आदर्श कुमार साहले भने पर्सा प्रहरीले विलविजक भएको केराउ नियन्त्रणमा लिएर दु:ख दिने गरेको बताए।  वीरगन्जको रामगढवास्थित सरिना इन्टरप्राईजेजबाट पान विलमा खरिद गरेको २५ टन अर्थात ५ सय बोरा केराउ ना ४ ख १२२ को ट्रकमा लोड गरेर विन्दवासनी गाउँपालिकामा लगिरहेको अवस्थामा प्रहरीले तस्करीको भन्दै नियन्त्रणमा लिएको संदीप सप्लार्यसका संचालक साहको भनाइ छ।

पान बिलमा ल्याएको केराउको भ्याट बिल नभएको बहाना बनाए प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जबरजस्ती केराउ सहितको ट्रक नियन्त्रणमा लिएको साहले बताए। पत्रकारलाइ कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न २४ घण्टे अल्टिमेटम

यसैबिच व्यापारीले गरेको प्रदर्शनको समाचार संकलनका लागि पुगेका पत्रकारलाई पनि प्रहरीले दुव्र्यवहार र कुटपिट गरेको छ। सडकमा प्रदर्शन गरिरहेका कारोबारीलाई प्रहरीले लाठी चार्ज गर्नुका साथै लछारपछार गरिरहेको दृश्यको तस्बिर खिच्ने क्रममा प्रहरीले पत्रकारलाई पनि दुर्व्यवहार  गरेको थियो।

प्रहरीको लाठी चार्जबाट जनता टिभीका पर्सा संवादाता श्याम कुशवाहा, प्राइम टिभीका संवाददाता विकास साह, टिभी टुडेका प्रदेश प्रमुख उमेश दुवे र एनपी डेली डटकमका दिपक चौरसिया सामान्य घाइते भएका छन्।

 भिडियो किन खिचेको भन्दै प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेपछि आफू घाइते भएको पत्रकार कुशवाहाले बताए।प्रहरीको लाठी चार्ज गर्दा आफनो भिडियो क्यामेरा पनि फुटेर काम नलाग्ने भएको पत्रकार साहले बताए। 

पत्रकारमाथि दुव्र्यवहार र कुटपिट गर्ने प्रहरी हवल्दार जयराम महत्तोलाई कार्वाहीको माग गर्दै नेपाल पत्रकार महासंघले पर्सा प्रहरीलाई २४ घण्टे अल्टिमेटम दिएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जराको नेतृत्वमा पुगेको टोलीले प्रहरी नायव उपरीक्षक अनन्तराम शर्मालाई भेटेर घटनाका बारे जानकारी गराएका थिए।

पत्रकारलाई दुव्र्यवहार र कुटपिट गर्ने प्रहरी हवल्दार महत्तोलाई शुक्रबार बिहान १० बजे सम्म पर्सा प्रहरीले कार्वाही नगरेको खण्डमा शुक्रबार मध्यान्ह १२ बजे देखि जिल्ला प्रहरी कार्यालय अगाडि नै पर्साका पत्रकारले धर्नामा बस्ने चेतावनी दिएका छन्। पर्साका प्रहरी नायव उपरीक्षक शर्माले घटनाका बारेमा सत्यतथ्य बुझेर दोषी देखिए कारवाही गर्ने आश्वासन दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.