गोरखकाली रबरका कर्मचारीलाई सुविधासहित अवकाश
काठमाडौँ : सरकारले गोरखकाली रबर उद्योगका कर्मचारीलाई उचित सुविधासहित अनिवार्य अवकाश दिने निर्णय गरेको छ।
यही सोमबार बसेको मन्त्रिपरिषद बैठकले बन्द भएर जीर्ण हालतको गोरखा नगरपालिका वडा नम्बर-१३ स्थित गोरखकाली रबर उद्योगका कर्मचारीलाई अवकाश दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाका अनुसार बन्द भएर भग्नवाशेष बनिसकेको यो उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश दिन लागिएको हो ।
सरकारले कर्मचारीहरूले उद्योगलाई तिर्नुपर्ने बाँकी बक्यौता र उद्योगको नगद, जिन्सी बुझाएपछि आवश्यक सुविधा पाउने बताए।