मकालु आधार शिविरबाट चार शेर्पा तीन दिनदेखि बेपत्ता

मकालु आधार शिविरबाट चार शेर्पा तीन दिनदेखि बेपत्ता

काठमाडौं : लगातारको हिमपातले चारजना शेर्पा मकालु आधार शिविर नजिकैदेखि सम्पर्कविहीन भएका छन् । ‘पहिलो हिउँदे उच्च ग्रेट हिमालयन ट्रेल’को यात्रामा हिँडेका चारजना शेर्पा चार हजार चार सय मिटरको लाङमालेखर्कदेखि सम्पर्कविहीन भएको एजेन्सीले जनाएको छ । 

जर्मन नेपाल फ्रेण्डसिप ट्रेक नाम दिएर हिउँदमा पनि उच्च क्षेत्रमा पदयात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन उच्च ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्केका आइम ट्रेकका प्रमुख पेम्वा जाङ्बु शेर्पासहित चारजना हिमपातपछि सम्पर्कविहीन भएको कम्पनीका फुनुरु शेर्पाले बताए । 

३६ घण्टा लगातार हिमपात भएपछि अघि बढ्न र पछाडि फर्कन नसकेर लाङमालेखर्कमा रोकिएको जानकारी स्यटलाइट फोनमार्फत् उनीहरुले कम्पनीलाई गराएका थिए । तर पछिल्लो समय सम्पर्क हुन नसकेको शेर्पाले बताए । 

बिहिबार हेलिकप्टर त्यसतर्फ पठाउने तयारी गरे पनि प्रतिकुल मौसमका कारण नसकिएको कम्पनीले जनाएको छ । तीन दिन बित्दा पनि उद्दार हुनु नसकेको भन्दै आफन्तजनले उद्दारमा सरकारको सहयोग मागेका छन् । 

पदयात्रामा खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पेम्वा जाङ्बु, दारिन्जी, पेम्वारिन्जी र पासाङ गेलु शेर्पा रहेका छन् । शरद र बसन्त ऋतुमा मात्र पदयात्रा र पर्वतारोहण हुने गरेपछि सरकारले १२ महिनानै पदयात्राका लागि नेपाल उपयुक्त गन्तव्य भनेर प्रचार थालेको थियो । 

उनीहरुले नेपालमा पहिलो पटक हिउँदमा उच्च हिमाली भेगमा पदयात्रा गर्न सकिने सन्देश दिन दुई महिने पदयात्रा सुरु गरेका थिए । ताप्लेजुङदेखि सुरु गरी टासीलाप्चा पास, गौरीशंकर हुँदै पदयात्रा  गर्ने तयारी थियो । यो पदयात्राका क्रममा दुई हजारदेखि सुरु भएर ६ हजार मिटरसम्म पास गर्नु पर्ने हुन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.