ग्रामथान उपनिर्वाचन : ४५ प्रतिशत मत खस्यो
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा अहिलेसम्म ११ हजार ६ सय २८ मत खसेको छ । यो कुल मतदाताको करिब ४५ प्रतिशत हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेसम्म ११ हजार ६ सय २८ मत अर्थात करिब ४५ प्रतिशत मत खसेको हो ।
५ हजार ८ सय २९ र पुरुष ५ हजार ७ सय ९९ जनाले मतदान गरेका छन् । ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ मतदान स्थल र २९ वटा केन्द्र तोकिएको छ ।