वडाध्यक्षको गुनासो : प्रहरीले धम्क्याएर मुचुल्कामा हस्ताक्षर गरायो

वडाध्यक्षको गुनासो : प्रहरीले धम्क्याएर मुचुल्कामा हस्ताक्षर गरायो

वीरगन्ज : पर्साको पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदन साह कानुले प्रहरीले आफूलाई धम्क्याएर  मुचुल्कामा हस्ताक्षर गर्न लगाएको गुनासो गरेका छन्। बुधबार राति विन्दवासिनी गाँउपालिकाको तिलावे पुल नजिकबाट २५ मेट्रिक टन केराउसहितको ट्रक बरामद गरे पनि प्रहरीले पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ पकाहा चोकबाट बरामद गरेको भनी झुठा विवरण बनाएर मुचुल्कामा हस्ताक्षर गर्न लगाएको वडा अध्यक्ष कानुले आरोप लगाएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गरेर वडा अध्यक्ष कानुले प्रहरी चौकी धोरेका प्रहरी सहायक उपरीक्षक कुलद्वीप कर्णले बिहीबार धम्क्याएर जबरजस्ती मुचुल्कामा हस्ताक्षर गराएको बताए।
‘प्रहरी सहायक निरीक्षक कर्णले केराउसहितको ट्रक बुधबार राति पकाहा चोकबाट बरामद गरी त्यही बेला नै जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको भन्दै मुचुल्कामा हस्ताक्षर गर्न आग्रह गरे’, वडा अध्यक्ष कानुले भने , ‘तर मैले मुचुल्कामा के लेखिएको छ पढ्न देऊ भन्दा प्रहरी सहायक निरीक्षक कर्णले सही गरेनौ भने झुठो मुद्धामा फसाइ दिन्छु भनेर धम्क्याएपछि मुचुल्कामा हस्ताक्षर गर्न बाध्य भएँ।’

वडा अध्यक्ष कानुले मुचुल्कामा हस्ताक्षर गरेपछि ट्रकका बारेमा गाँउलेहरुसँग बुझ्दा प्रहरीले उक्त ट्रक पकाहा चोकबाट नभइ विन्दवासिनी गाँउपालिकाको तिलोवे पुल छेउबाट नियन्त्रणमा लिएको थाहा पाएको बताए।

उक्त मुचुल्कामा हस्ताक्षर गरेका पाकाहा चोकका स्थानीय अशोककुमार साह र पृथ्वीनारायण वर्णवालले पनि प्रहरी सहायक निरीक्षक कर्णले आफूहरुलाई धम्क्याएर मुचुल्कामा हस्ताक्षर गर्न लगाएको पत्रकार  सम्मेलनमा बताए  । 

मुचुल्कामा हस्ताक्षर गरेका वडा अध्यक्ष कानु, स्थानीय अशोककुमार साह र पृथ्वीनारायण वर्णवालले धम्की दिएर   मुचुल्कामा हस्ताक्षर गर्न लगाएका प्रहरी सहायक निरीक्षक कर्ण विरुद्ध कार्वाहीको माग गर्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका छन्। तीनै जनाले शुक्रबार संयुक्त रुपमा जिल्ला हुलाक कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी पठाएका हुन्। 

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने प्रहरीले भारत तस्करी गर्न लागिएको अवस्थामा २५ मेट्रिक टन केराउसहितको ना ४ ख १२२ नम्बरको ट्रक  पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ पकाहा चोकबाटै बुधबार राति बरामद गरेको बताए  । 

तर अहिले मुचुल्कामा हस्ताक्षर गरेकाले प्रहरीले जबरजस्ती हस्ताक्षर गर्न लगायो भन्ने झुटो आरोप लगाएको उनले बताए। प्रहरी उपरीक्षक ढकालले भने, ‘हुलाकबाट उक्त झुठा जाहेरी प्राप्त हुनासाथ जाहेरी दिनेहरु विरुद्ध नै झुठा जाहेरी दिएको आरोपमा कार्वाही प्रकृया अघि बढाइन्छ।’

वीरगन्जको रामगढवास्थित सरिना ईन्टरप्राईजेजबाट खरिद गरेको पाँच सय बोरा केराउ ना ४ ख १२२ को ट्रकमा लोड गरेर विन्दवासनी गाउँपालिकाको मधवलमा लगिरहेको अवस्थामा प्रहरीले बुधबार राति पक्राउ गरेको थियो।
प्रहरीले उक्त केराउ सहितको ट्रक आवश्यक कार्वाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बिहीबार नै पठाइ सकेको छ। केराउ सहितको ट्रक छुटाउन बिहीबार बिहान तिलावे पुलमा प्रदर्शन गरेका केराउ धनीसहित चार जनालाई पक्राउ गरी प्रहरीले कार्वाही प्रकृया अगाडि बढाइसकेको बताएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.