बारामा सरकारी गाडी दुर्घटना : सशस्त्रका एसपीको मृत्यु, सिडिओ गम्भीर घाइते

बारामा सरकारी गाडी दुर्घटना : सशस्त्रका एसपीको मृत्यु, सिडिओ गम्भीर घाइते

सिमरा : बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहितका सुरक्षा अधिकारी चढेको सरकारी गाडी शनिवार राति दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा सशस्त्र प्रहरी बलका एकजना उपरीक्षक (एसपी) को मृत्यु भएको छ । दुर्घटनामा बाराका सिडिओ गणेश भट्टराई गम्भीर घाइते भएका छन् । 

कर्मचारी मिलन केन्द्र बाराको वनभोज खाएर फर्कने क्रममा पथलैया–निजगढ सडकखण्डको पसाहा पुलनजिक ना१झ १६३३ नम्बरको जीप दुर्घटना हुँदा सशस्त्रका एसपी बलराम पोखरेलको मृत्यु भएको हो । पोखरेल सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख थिए । 

दुर्घटनालगत्तै सिमरास्थित अल्पाइन अस्पतामा उपचारका लागि ल्याइए पनि चिकित्सकले पोखरेललाई मृत घोषणा गरे । दुर्घटनामा सिडिओ गणेश भट्टराईसहित तीनजना घाइते भएका छन् ।

सिडिओ भट्टराईको अवस्था गम्भीर रहेको छ । टाउकोमा गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि वीरगन्ज हेल्थ केयरबाट काठमाडौँ पठाउने तयारी गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।  

दुर्घटनामा चालक जगत पटेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव र प्रहरी हवल्दार शम्भु गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । 

कर्मचारी मिलन केन्द्रको आयोजनामा निजगढस्थित शहिद हिरालाल गौतम स्मृति पार्कमा वनभोज आयोजना गरिएको थियो । वनभोजमा बाराका अधिकांश सरकारी कार्यलयका कर्मचारी सहभागी थिए । 

वनभोजबाट फर्कने क्रममा सडकमा रोकिरहेको ट्रयाक्टरको ट्रेलरमा गाडी ठोक्किएको हो । गाडी सडकबाट १० मिटर तल खसेको छ । दुर्घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयले उद्दार गरी घाइतेलाई अस्पताल ल्याएका थिए । 

शरीरको विभिन्न भागमा चोट लागेका एसपी पोखरेललाई उपचारको क्रममा अल्पाइन अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए । एसपी पोखरेलको शव अल्पाइन अस्पतालमै राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.