साउथ इन्डियन शैलीमा ‘रणवीर’

साउथ इन्डियन शैलीमा ‘रणवीर’

काठमाडौं : निर्देशक तथा लेखक गोविन्दसिंह खड्काले फिल्म रणवीर साउथ इन्डियन शैलीमा बनेको बताएका छन्। आफू साउथ इन्डियन फिल्मबाट प्रशिक्षित भएकाले त्यही शैलीमा फिल्म बनाएको बिहीबार आयोजित एक कार्यक्रममा उनले बताए। निर्देशक खड्काले लामो समय साउथ मूभिमा काम गरिसकेका छन्। नेपाली दर्शकलाई नयाँ टेस्ट दिन रणवीर बनाएको बताए। दर्शकले एक्सनका साथै फ्यामेली ड्रामा हेर्न पाउने उनले बताए।

एक्सन मुभी भन्नेबित्तिकै हिरोमा दमदार क्यारेक्टर खोजिन्छ। तर निर्देशक गोविन्दले चकलेटी हिरो सुशील सिटौलालाई प्रमुख भूमिकामा उभ्याएका छन्। उनी भन्छन्, ‘रणवीर कुनै शक्तिशाली पात्र होइन। आत्मशक्ति प्रबल भएको एक साधारण युवा हो।’ रणवीर शिक्षित र ऊर्जावान् युवाको कथा भएको उनले बताए। ‘जीवनमा आउने अनेक समस्याको सामना गर्दै एक युवा आत्मबलका माध्यमबाट अगाडि बढ्छ’, उनले भन्ने। एक्सन, लभस्टोरी कथा रणवीर भावनात्मक सम्बन्धले जोडिएको कथा भएको पनि उनले बताए।

नायक सुशीलले एक्सन फिल्ममा काम गर्नु निकै चुनौतीपूर्ण रहेको बताए। ‘फिल्मको सुटिङ पूर्व म निकै डराउँथे’, उनले भने, ‘सबैको साथ र सहयोग बिना काम सहज हुने थिएन।’ सुशीलले फिल्मका लागि रातदिन मेहनत गरेको पनि बताए। भन्छन्, ‘शरीरलाई फिट राख्नेदेखि डाइएट, योग सबै कुरामा ध्यान दिएँ।’ सुशीललाई उक्त फिल्म खेल्न मानसिक रूपमा तयार हुन समय लागेको थियो।

यही फिल्मबाट सन् २०१२ की मिस इन्टरनेसनल शुभेक्षा खड्काले पनि फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी छन्। टीभी होस्ट र विभिन्न कार्यक्रममा शुभेच्छा कार्यक्रम प्रस्तोताका रूपमा दर्शकमाझ चिनिँदै आएकी छन्। मोडलिङबाट करियर सुरु गरेकी शुभेच्छा भन्छिन्, ‘रणवीरको कथा निकै राम्रो लागेर फिल्म साइन गरेको हुँ।’ फिल्ममा आउने चाहना पहिलेदेखि नै भएको समेत उनले बताइन्।

फिल्मकी निर्माता गोमा विष्टले फिल्मको कथावस्तुलाई हेरेर लगानी गरेको बताइन्। फिल्मका अर्का निर्माता दीपेन्द्र रेग्मी हुन्। फिल्म ऐश्वर्यबाट चर्चामा आएका कलाकार तथा मोडल प्रशान्त ताम्राकारको समेत फिल्ममा दमदार एक्सन देख्न सकिन्छ।

फिल्ममा नायक सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, टीका पहाडी, हरिहर शर्मा, नरेश पौडेललगायतका कलाकारको अभिनय रहेको छ। ‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ। हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित       श्रेष्ठको संगीत रहेको चलचित्र माघ १८ गते देशभर प्रदर्शनमा आउँदै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.