सेज सञ्चालनको तयारी

सेज सञ्चालनको तयारी

भैरहवा : लामो समयपछि भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आउने भएको छ। सेजमा स्थापना भएका उद्योगको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। जुन निर्माण सम्पन्न भएलगत्तै सञ्चालनमा आउने सेज समितिले जनाएको छ।

करिब ६ महिनाअघि सेजमा शक्ति मिनिरल्सले उद्योग पूर्वाधार निर्माण कार्य सुरु गरेको थियो। जुन अहिले अन्तिम चरणमा पुगेको छ। यो उद्योगको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सेज समितिका प्रवक्ता सुन्दर थापाले भने, ‘ उद्योग सञ्चालकले करिब एक महिनाभित्र व्यावसायिक उत्पादन थाल्छौं भनेर हामीलाई भन्नुभएको छ जसले अब सेज सञ्चालनमा आउन कुनै समस्या देखिएको छैन।’

उद्योगका परियोजना प्रमुख लक्ष्मण ठकुरीले भने उद्योग सञ्चालनका लागि काम आन्तिम चरणमा पुगेको र २/३ हप्ताभित्र सञ्चालनमा आउने बताए। उनका अनुसार, यो डोलामाइट र फ्लक्स उद्योग हो। जसको उत्पादनमा स्टिल पगाल्न स्टिल उद्योग, पेन्ट्स लगायत उद्योगहरूका भट्टीमा प्रयोग हुने गर्दछ।

उद्योग सञ्चालनका लागि उद्योगले आवश्यक चुनढुंगा सेजमा थुपारी राखेको छ। उद्योगले चुनढुंगालाई फोडेर अन्य उद्योगलाई आवश्यक कच्चा पदार्थ उत्पादन गर्नेछ। सेज र नेपालमै पहिलोपटक यस्तो उद्योग सञ्चालनमा आउन लागेको हो।

४० करोडको लगानीमा १७ हजार स्क्वायर मिटरमा सञ्चालनमा आउन लागेको उद्योग पूर्ण खानीवेस रहेको शक्ति मिनिरल्सका सञ्चालक दिपककुमार झाले बताए। सेजमा आवश्यक विद्युत आपूर्ति नभएको भन्दै अन्य उद्योगीले गुनासो पोखिरहँदा उनले उद्योग निर्माणका लागि आवश्यक विद्युत सेजले उपलब्ध गराएकाले सञ्चालनको अवस्थामा पुगेको बताए। उनले उद्योगको निर्माण सम्पन्न भएपश्चात उद्योग सञ्चालनका लागि आवश्यक विद्युतसमेत सेजले उपलब्ध गराउनेमा आफूहरू विश्वस्त रहेको बताए। उद्योगलाई आवश्यक विद्युतबारे निवदेन दिएमा विद्युत उपलब्ध गराउने सेजले बताउँदै आएको छ।

शक्ति मिनिरल्स उद्योगको निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा सेजमा शुक्रबार ब्रिलियन्ट लाइटिङ (एलईडी बल्भ) कम्पनीले पनि उद्योग स्थापनाका लागि सोको शिलान्यास गरेको भैरहवा सेजकी निमित्तप्रमुख निरा भट्टराईले बताइन्। ‘एलइडी ब्लबले उद्योगको शिलान्यास गरी निर्माण कार्य सुरु गरेको छ’, उनले अन्नपूर्णसँग भनिन्, ‘पञ्चकन्या ग्रुपले पनि उद्योग स्थापना गर्ने स्थलको सरसफाई गरिसकेको र छिट्टै उद्योगको निर्माण कार्य सुरु गर्ने जनाएको छ।’ पञ्चकन्याले सेजमा स्टिल पाइप उद्योग सञ्चालनमा ल्याउने छ। सेजको ३९ वटा प्लटमा उद्योग स्थापनाका लागि १८ वटा उद्योगले सम्झौता गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.