दुर्घटनामा घाइते बाराका प्रजिअलाई काठमाडौं लगियो

दुर्घटनामा घाइते बाराका प्रजिअलाई काठमाडौं लगियो

वीरगन्ज : बाराको पसाह खोला नजिकै भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि आइतबार काठमाडौं लगिएको छ। टाउकोमा गम्भीर चोट लागेर सिकिस्त भएका भट्टलाई हेलिकोप्टरबाट बिहान साढे ११ बजेतिर काठमाडौंको ग्राण्डी अस्तालमा लगिएको हो।

घाइते भट्टराईको वीरगन्जस्थित हेल्थ केयर अस्पतालमा उपचार गरिएको भएपनि स्वास्थ्यमा सुधार नआएपछि मेडिकल टिम सहित उनलाई काठमाडौं लगिएको हो।  उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकोले काठमाडौं रिपर गरिएको वीरगन्ज हेल्थ केयरका संचालक डाक्टर अबुल कयशले बताए। त्यसअघि वीरगन्ज हेल्थकेयरमा न्युरो विशेषज्ञ डाक्टर फिरोज अफजलले प्रमुख जिल्ला अधिकारी भट्टराईको टाउकाको  शल्यक्रिया गरेका थिए।

उनीसँगै दुर्घटनामा परी गम्भीर घाइते भएका सशस्त्र प्रहरी बल बाराको १२ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखेरलेको भने शनिबार राति नै मृत्यु भएको हो।कर्मचारी मिलन केन्द्र बाराले निजगढको हिरालाल भ्यु टावरमा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागीभई सर्लाहीको हरिवनमा आफन्तको विवाह भोजमा सहभागी भएर फर्किने क्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईसहित सुरक्षा अधिकारी चढेको गाडी दुर्घटनामा परेको थियो।

 प्रमुख जिल्ला अधिकारी भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक पोखरेल चढेको ना १ झ १६३३ नम्बरको जीप शनिबार बेलुकी बाराको पसाह खोला नजिकै सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा भट्टराईसहित अन्य ३ जना घाइते भएका हुन्। घाइते हुनेमा सशस्त्र प्रहरी उपरीक्षक पोखरेलका सुरक्षागार्ड सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, प्रमुख जिल्ला अधिकारी भट्टराईका सुरक्षा गार्ड शम्भु गुरुङ र चालक जगत पटेल रहेका छन्। 

दुर्घटनामा परेका चालक पटेल र प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्ड गुरुङको भने कुमको हडडी भाँचिएको छ। घाइते तीनैजनाको भने वीरगन्ज हेल्थ केयर अस्पतालमै उपचार भइरहेको बाराका प्रहरी उपरीक्षक सानुराम भटटराईले जानकारी दिए।  



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.