हिमपातपछि पत्तालेमा पर्यटकको घुँइचो

हिमपातपछि पत्तालेमा पर्यटकको घुँइचो

ओखलढुंगाः शनिबार दिउँसो १ बजे सोलुदुधकुण्ड नगरपालिका -१० पत्तालेको हिमालयन होटलमा खाजा अभाव भइसकेको थियो। हिउँ खेल्न ओखलढुंगाबाट पुगेका आन्तरिक पर्यटक अर्गानिक आलु र तोङ्वा अर्डर गर्दै थिए। 

मोलुङ गाउँपालिका- ४ का काशी घिमिरेले खाजा सोध्दा सकिएकाले फेरि बनाउनुपर्ने होटलका कर्मचारीले बताए। हिँउ परेको समयमा पत्तालेका होटल खचाखच भरिएका छन्। तीन दिनदेखि लगातार हिमपात भएपछि ओखलढुंगा र सोलुखुम्बुको सिमाना पर्ने पत्तालेमा आन्तरिक पर्यटकको घुँइचो लागेको छ। सोलु र ओखलढुंगाको सिमानामा रहेको पत्ताले यस क्षेत्रकै चर्चामा रहेका पर्यटकीय क्षेत्र हो। 

यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित महालङ्गुर हिमश्रृङ्खलामा पर्ने सबै हिमाल देख्न सकिन्छ। यहाँबाट माछापुछ्रे समेत हेर्न सकिने स्थानीय रवि मगरले बताए। उनका अनुसार सिजनमा होटलहरुमा बास बस्न समेत ठाउँ अभाव हुने गरेको छ।

जाडो र गर्मी सिजनमा यस क्षेत्रमा पर्यटकको चहलपहल हुने गर्छ । बिहान ७ बजेसम्म सबै हिमाल नजिकैबाट अबलोकन गर्न सकिने भएकाले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका आन्तरिक पर्यटक पत्ताले घुम्न आएका हुन्। हिउँ खेल्न आन्तरिक पर्यटक आउने गर्छन्। 

यहाँ श्याउको जुस, तामा र बुङको आलु चर्चित परिकार हुन्। अर्गानिक परिकारको स्वाद र हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न घुमफिर गर्ने तीन जिल्लाको संगम स्थललाई आधुनिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सरोकारवालाले जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.