काठमाडौंका सडक मर्मत गरिने

काठमाडौंका सडक मर्मत गरिने

काठमाडौं : काठमाडौंको सडक जताजतै खाल्डाखुल्डी छ। पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्छ। सडकबाट निस्किने धुलोबाट बच्न सहरबासी माक्स भिरेरे हिँड्न बाध्य छन्। विदेशी विशिष्ट कूटनीतिज्ञ आउँदा मात्र खाल्डा पुर्ने गरिन्छ। सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंले यसपटक भने सडक मर्मत गर्ने प्रक्रिया अघि बढाएको छ।

कार्यालयले तीन करोड ६१ लाख ६३ हजार रुपैयाँको लागतमा काठमाडौंका सडक मर्मत गर्न बोलपत्र आह्वान गरेको छ। १२ वटा प्याकेजमा सडक मर्मत गर्न लागिएको हो। चालु आर्थिक वर्षभित्र काठमाडौंका सडक मर्मत गर्न बोलपत्र आह्वान गरिएको सडक डिभिजन काठमाडौंका प्रमुख कैलाशकुमार श्रेष्ठले बताए। डिभिजनले माघ ८ गते एक महिनाको समय दिएर सडक मर्मत गर्न बोलपत्र आवह्वान गरेको हो।

‘काठमाडौंको सडक धेरै बिग्रिसकेको छ। समयमै मर्मत नगर्नाले सडक बिग्रेको हो। समयमै मर्मत नगर्दा सडकको गुणस्तर खस्किँदै छ’, श्रेष्ठले भने, ‘गुणस्तर बचाउन पनि समयसमयमा मर्मत गर्न आवश्यक छ।’ यी सडक आगामी आर्थिक वर्ष सुरु हुनु अघि नै मर्मत गरिसक्ने योजना छ।

सडकलाई तीन तहमा वर्गीकरण गरी मर्मत सम्भार गर्न लागिएको हो। विशेष, आवधिक र पटके। डिभिजनमा हाल पाँच इन्जिनियर कार्यरत छन्। पाँच जना इन्जिनियरलाई सेक्टर ए, सेक्टर बी, सेक्टर सी, सेक्टर डी र सेक्टर ई नामाकरण गरी सडकको जिम्मा दिइएको छ। इन्जिनिएरको कार्यक्षेत्रमा परेको सेक्टरको सडक ठेकेदारबाट मर्मत सम्भार गराउनुपर्नेछ। यसका लागि ८३ लाख ९६ हजार रुपैयाँ लग्ने विभागले प्रारम्भिक अनुमान गरेको छ।

यस्तै विशेष मर्मत गर्न तीनवटा प्याकेजमा ठेक्का निकालिएको छ। यसका लागि एक करोड ६८ लाख रुपैयाँ लाग्ने डिभिजनले प्रारम्भिक अनुमान गरेको छ। स्वयम्भू भगवानपाउ, ताहचल छाउनी र त्यस आसपासका सडक मर्मत गर्न ८४ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। यस्तै बासबारी–बूढानीलकण्ठ–हात्तीगौडा सडक ४१ लाख ९६ हजार रुपैयाँ लाग्नेछ। साँखु–जर्सिङपौवा–भोटेचौर सडक ४२ लाख १० हजार रुपैयाँमा मर्मत गरिनेछ।

सडक डिभिजन कार्यालय काठमाडौंले सडक मर्मत गर्न प्रक्रिया अघि बढाएको छ।

तीनवटा सडक पनि आवधिक मर्मत गर्न लागिएको छ। एक करोड नौ लाख ५८ हजार रुपैयाँ प्रारम्भिक अनुमान छ। तीनकुने दक्षिणतर्फको सडक आवधिक मर्मत गर्न २९ लाख रुपैयाँ लाग्नेछ। कमलादी सडक ४३ लाख ८१ हजार रुपैयाँ र कमलादी–दरवारमार्ग सडक ३६ लाख ६८ हजार रुपैयाँ अनुमान गरिएको डिभिजनले जानकारी दिएको छ।

यी सडक मर्मत सम्भारसँगै काठमाडौंको सडकबाट निस्किने धूवाँको परिमाणमा कमी आए पनि पूर्णरूपमा रोक्न भने नसकिने उनले बताए। काठमाडौं उपत्यकामा तीनवटा निकायमार्फत सडक निर्माण गरिन्छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले १४ मिटर भन्दामाथिका सडकको जिम्मा पाएको छ सडक डिभिजन काठमाडौंले ८ मिटरदेखि १४ मिटरसम्मको निर्माण गर्नुपर्छ। ८ मिरटभन्दा साना सडक स्थानीयतहको जिम्मामा छ।

सडकलाई धूलो मुक्त बनाउन आफ्नो कार्य क्षेत्रमापर्ने सडक सम्बन्धित निकायले निर्माण गरेमा मात्र सम्भव हुने उनले बताए। ‘खाल्डाखुल्डी नभएका सडकमा पनि धूलो उड्ने गरेको छ। भत्केको सडकबाट आउने सवारीको चक्काले धूलो बोक्छ’, उनले भने, ‘सबै सडक समयमै मर्मत गर्दा यस्तो समस्या आउँदैन।’ काडमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमा त्रिपुरेश्वर–नागढुंगा र चाबहिल–जोरपाटी सडक निर्माण गर्न ठेक्का लगाएको थियो। तीन वर्ष पुगेर चार वर्ष लाग्न लाग्दा पनि यी सडक निर्माण हुन सकेको छैनन्। सडकका भित्री गल्लीका सडकको अवस्था पनि नाजुक नै छ। ढल तथा खानेपानी विस्तारका लागि भत्काइएका सडक वर्षौदेखि बन्न सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.