प्रदेश २ मा मुख्यमन्त्री स्वच्छता अभियान, आफै झाडू लिएर सडकमा निस्किए लालुबाबु

प्रदेश २ मा मुख्यमन्त्री स्वच्छता अभियान, आफै झाडू लिएर सडकमा निस्किए लालुबाबु

वीरगन्ज : प्रदेश नम्बर- २ सरकारले 'स्वच्छ मधेस समृद्ध प्रदेश' भन्ने मूल नारासहित मुख्यमन्त्री स्वच्छता अभियान  सोमबारदेखि सुरु गरेको छ। सोमबार बिहान मुख्यमन्त्री लालबाबु राउतले वीरगन्जबाट अभियानको शुभारम्भ भएको घोषणा गरे। वीरगन्जको घण्टाघर चोकमा बिहान आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले बेलुन उडाएर अभियानको उदघाटन गरेका हुन्।

अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले मानव विकास सूचांकमा सबैभन्दा पछि परेको प्रदेश २ लाई समृद्ध बनाउका लागि स्वच्छ मधेस हुन जरुरी रहेको र त्यसको लागि स्वच्छ जनशक्ति आवश्यकता रहेकाले यो अभियानको थालनी गरेको बताए।

मानिसको पहिलो प्राथमिकता स्वास्थ्य र सरसफाइ नै भएकाले आफ्नो घरआँगन सफा राख्न आफैबाट सुरु गर्नुपर्ने भएकोले प्रदेश सरकारले थालेको मुख्यमन्त्री स्वच्छता अभियान सफल पार्न प्रदेशका प्रत्येक नागरिकले आ-आफ्नो घरबाटै अभियान थाल्न उनले आग्रह गरे।

उनले मानिस स्वस्थ भए मात्र गुणस्तरीय शिक्षा र दक्षजनशक्ति उत्पादन हुने भएकाले हरेक व्यक्तिको पहिलो प्राथामिकता स्वस्थ्य र सरफाइ नै हुनुपर्नेमा जोड दिए।प्रदेश २ का छोरीचेलीको भविष्य सुरक्षित गर्नकै लागि प्रदेश सरकारले 'बेटी पढाऊ बेटी बचाऊ' 'छोरी शिक्षा जीवन वीमा' लगायतका अभियान पनि ल्याएको जानकारी दिँदै मुख्यमन्त्री राउतले भने, 'यहि फागुन ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट वीरगन्जबाटै यो अभियानको औपचारिक सुरुवात गरिनेछ।

अभियानको शुभारम्भ पछि मुख्यमन्त्री राउतले आफैं वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, विर्ताहुँदै छपकैयासम्मको सडकमा झाडूले बढाएर फोहोर सफा गरेका थिए।

त्यस क्रमममा प्रदेशसभा सदस्य प्रहलाद गिरी, जन्नत अन्सारी , भीमा यादव, सिंहासन साह कलवार, र मन्जुर अन्सारी , जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अन्सारी, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, कांग्रेस पर्साका सभापति अजय द्धिवेदी, नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भटटराईले पनि कुचोले सडकको फोहोर बढारेका थिए। 

यसका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न विधालयका छात्रछात्रा पनि सरसफाइ अभियानमा सहभागी भए। मुख्यमन्त्री स्वच्छता अभियान प्रदेश २ का आठवटै जिल्लाका सबै स्थानीय तहमा सञ्‍चालन गरिने अभियानका प्रदेश संयोजक सलाउदीन अहमदले जानकारी दिए। 

उनका अनुसार, अभियानका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ विनियोजन गरेको छ। अभियानका क्रममा प्रदेश २ का आठवटै जिल्लामा दुई दुईवटा सार्वजनिक शौचालय निर्माण गरिने भन्दै संयोजक अहमदले भने, 'अभियानअन्तर्गत नै प्रदेशमा रहेका मठमन्दिर र सार्वजनिक पोखरीको सरसफाइ र सौन्दर्यकरण गरिनेछ। 

मुख्यमान्त्री स्वच्छता अभियानसँग आठ जिल्लमा जारी खुल्ला दिशामुक्त क्षेत्र घोषणा अभियान पनि जोडिएको भन्दै अहमदले अभियान सार्थक र उपलब्धीमुलुक मनाउन प्रदेश सरकारले कार्ययोजना तयार पार्ने जानकारी पनि दिए। 

मुख्यमन्त्री स्वच्छता अभियानको पहिलो दिन वीरगन्जको सडकमा कुलो लिएर सरसफाइ गर्दै मुख्यमन्त्री लालबाबु राउत।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.