चीनद्वारा कोटेश्वर- कलंकी सडक हस्तान्तरण

चीनद्वारा कोटेश्वर- कलंकी सडक हस्तान्तरण

काठमाडौं : चीन सरकारले कोटेश्वर-कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। सोमबार ललितपुरमा आयोजित कार्याक्रममा नेपालका लागि चीनको राजदूत हउ याङईले नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीलाई विस्तारित कोटेश्वर-कलंकी खण्डको चाबी हस्तान्तरण गरेका हुन्।

चीनले नेपालको विविध क्षेत्रमा सहयोग गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, 'कोटेश्वर-कलंकी खण्ड एउटा पाटो हो। यस्तो सहयोग चीनबाट लामो समयदेखि हुँदै आएको छ। नेपाल आर्थिक रुपमा अहिले पछि परेको छ। अहिले नेपाललाई चीनको सहयोग र समर्थन चाहिएको छ।' 

चीनसँग नेपालको हिमाल र नदीको सम्बन्ध छ। यो सम्बन्धलाई विकास निर्माणको कार्यमा हुने सहयोगले अझै प्रागड बनाएको प्रधानमन्त्रीले बताए। बिजुलीको पोल र रुख समयमै नहटाउँदा चक्रपथ विस्तारमा केही असहज भएको थियो। अब चक्रपथको कलंकी- महाराजगन्ज खण्ड विस्तार गर्दा त्यस्तो समस्या आउन नदिने ओलीले प्रतिवद्धता गरे।

कलंकी-महाराजगन्ज खण्ड विस्तार गर्न चीनले विस्तुत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको छ। कोटेश्वर-कलंकी खण्ड विस्तारमा देखिएको समस्या आउन नदिन आवश्यक परेमा ऐन तथा नियमावली पनि संशोधन गर्न सकिने उनको तर्फ छ। कानुनमै समस्या देखिए त्यस्ता परियोजन सम्पन्न गर्न उनले सम्बन्धित निकायलाई मन्त्रिपरिषद्मा ल्याउन उनले आग्रह गरे।

सन् १९७७ मा चीनकै सहयोगमा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो। राजदूत हउ याङइले काठमाडौंको बढ्दो जनसंख्या र सवारी चापलाई मध्य नजर गर्दै चक्रपथ चीनले विस्तार गरिदिएको जानकारी दिइन्।

'चीनसँगको नकेक्टिभिटिका लागि चक्रपथ महत्वपूर्ण छ। चीनकै आर्थिक सहयोगमा निर्माण भएको अरनिको राजमार्ग र पृश्विराजमार्ग यसमै जोडिन्छ, उनले भनिन्, 'अरनिको राजमार्गबाट चीनको खासा र पृश्विराजमार्गबाट केरुङ नाका पुग्न सकिन्छ।'

रुख कटान, बिजुलीको पोल, जग्गा अधिकरणलगायत विविध समस्याका बाबजुत पनि चीनले समयमै चक्रपथ विस्तार पूरा गरेको उनको भनाइ छ। सडक विस्तारको क्रममा एक चिनियाँ इन्जिनियरले प्राणको आहूति दिनुपरेको थियो। चीनले जिम्मा पाएको सम्पूर्ण काम गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।'

कुल २७ किलोमिटर लामो चक्रपथमध्ये कोटेश्वर-कलंकी सडक १०.३९ किलोमिटर छ। चीनको सांघाइ कन्सट्रक्सन ग्रुपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो। २०७३ मागसम्म विस्तार सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो।

२०७२ सालको महाभुकम्प र भारतीय नाकाबन्दीका कारण अपेक्षा अनुरुप विस्तार गर्न सकिएको थिएन। थपिएको समय अनुसार गत मंसिर महिनामै दुई लेनको सडकलाई आठ लेनमा विस्तार गरिएको हो। सडकसँगै कोटेश्वर, बागडोल र ग्वार्कोमा तीनवटा आकाशेपुल, बालकुमारी, खसी बजार, बल्खु, मनहरालगायतका स्थानमा आठवटा पुल र कलंकीमा एउटा अन्डरपास पनि निर्माण गरिएको छ।

यो सडक विस्तार गर्न करिब पाँच अर्ब रुपैयाँ लागेको बताइएको छ। चीन पक्षबाट हुनुपर्ने प्राविधिक तथा आर्थिक काम सम्पन्न भइसके पनि नेपालतर्फबाट हुनुपर्ने काम भने बाँकी छ।अब सडकको दायाँ र बायाँ ६÷६ मिटरको सर्भिस लेन नेपालले निर्माण गर्नुपर्छ। 

साथै पैदल यात्रुका लागि १० वटा आकाशे पुल पनि निर्माण गर्न बाँकी छ। साथै सडक किनारामा विरुवा रोप्ने काम अब छिट्टै अघि बढाउने विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख केवशकुमार शर्माले जानकारी दिए। साथै चक्रपथको बाँकी भाग विस्तारको प्रक्रिया पनि अघि बढाउने उनले बताए। 'चीनले अहिले बाँकी भागको डीजाइन बनाइरहेको छ,' उनले भने, 'डीजाइन प्राप्त गरेसँग त्यसको काम पनि अघि बढ्छ।कलंकी-महाराजगन्ज विस्तारमा पनि चीनकै अनुदानमा हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.