बालिका अपहरणको प्रयास गर्ने तीन पक्राउ

बालिका अपहरणको प्रयास गर्ने तीन पक्राउ

दाङ : दाङमा युवती अपहरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका ३ भैसकुरकी १९ बर्षीयालाई घोराहीको तुलसीपुर चोकबाट जबर्जस्ती नियन्त्रणमा लिई अपहरण गर्न खोज्ने तीनजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका २ सुर्केडाँगी निवासी २४ वर्षीय विकास चौधरी, सोही ठाउँका २१ वर्षीय बिकेन्द्र चौधरी र घोराही २ रामपुर बस्ने २२ वर्षीय दीपक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

सामान्य चिनजानका आधारमा फिल्म हेर्न जाने भनी घोराहीबाट रामपुरतर्फ टेम्पोमा लग्ने अवस्थामा ती युवतीले प्रतिकार गरेपछि अपहरण गरेको रहस्य खुलेको प्रहरीले बताएको छ। घोराही ३ लक्ष्मीपुर चोक नजिक ती युवतीले प्रतिकार गर्न खोज्दा टेम्पोबाट सडकमा खसेर सामान्य घाइते भएको र युवती चिच्याए पछि स्थानीयले थाहा पाएका थिए।

स्थानीयको सक्रियतामा उनलाई उद्दार गरी टेम्पोचालक सहित तीनजनालाई पक्राउ गर्न सफल भएको घर्तीले जानकरी दिए।

उनीहरुलाई युवतीको जाहेरीका आधारमा मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण उद्योग शीर्षकमा मुद्धा दर्ता गरि कारबाही अगाडि बढाएको प्रहरीले बताएको छ।

बालविवाह  आरोपमा पक्राउ

दाङमा प्रहरीले ललाई फकाई बाल विवाह गराउने दुईजनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका १५ भरतपुरस्थित मामा घर गएको अवस्थामा १५ वर्षीयालाई फकाई बालविवाह गराउने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।

घोराही उपमहानगरपालिका ४ निवासी ४० वर्षीया कमली चौधरीले घोराही १२ बस्ने २२ वर्षीय गणेश चौधरीसँग बालविवाह गराएको भन्ने जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।

दुवैजनालाई बाल विवाह शीर्षक अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ। १८ वर्ष नपुग्दासम्मकोलाई नयाँ मुलुकी ऐनले नाबालिका मानेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.