झापाको नयाँ बसपार्कबाट लागुऔषधसहित दुई पक्राउ
बिर्तामोड : झापाको अर्जुनधारा- ११ स्थित नयाँ बसपार्कबाट प्रहरी लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। सोहि स्थानमा डेरागरी बस्ने बिनोद प्रधान र दिनेश प्रधानलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
प्रधानद्वयले लागुऔषध बेचबिखन गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा बिनोद प्रधानको डेरा कोठाबाट विभिन्न प्रकारका लागुऔषधसहित उनीहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।
उनीहरुको साथबाट स्काफ ३३ बोतल, डिलेक्स डीसी १३ बोतल, निट्राभेट टेन १ सय ९२ चक्की, डाईजेपाम, फेनागरन र लुपिजेसिक ७५ सेट, सेतो टेप ६ थानसहित एउटा कैंची प्रहरीले बरामत गरेको छ। पक्राउ परेका प्रधानद्वयलाई झापा जिल्ला अदालत भद्रपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
१