दुई हात र एक खुट्टा गुमाएका वुद्धिमान सहयोग खोज्द राजधानीमा

दुई हात र एक खुट्टा गुमाएका वुद्धिमान सहयोग खोज्द राजधानीमा

नेपालगन्ज : भारतको सिमलामा मजदुरी गर्न जाँदा करेन्ट लागेर दुई हात र बायाँ खुट्टा गुमाएका बुद्धिमान कुवँर (२३) थप उपचारको खोजीमा राजधानी पुगेका छन्।

यस्तै प्रकृतिको समस्या झेलेका पूर्वी रुकुमका कृष्ण वलीलाई सहयोग जुटेपछि कुँवर पनि सहयोग पाउने आशामा काठमाडौं गएका हुनु्।

बाँके जिल्लाको बैजनाथ गाउँपालिका–८ का कुँवर गत वर्षको चैत्रमा तीन तलामाथि सिरया बोकेर जाँदै गर्दा विद्युतको तारमा छोएर करेन्ट लाग्दा दुबै हात र एउटा खुट्टा काट्नु परेको हो। उनको दायाँ खुट्टाको घुँडा मुनी अझै घाउ छ। ‘कीर्तिपुर अस्पतालमा उपचार गर्न र थप उपचारका लागि काठमाडौं आएको हुँ’, कुँवरले अन्नपूर्णसँग टेलिफोनमा भने, ‘एउटा मात्र खुट्टा छ। त्यो पनि निकै कमजोर छ। विस्तारै टेक्न मिल्छ। राम्ररी टेक्न पनि सक्दैन।’

पैसा कमाउन भारतमा ज्याला मजदुरी गर्न गएका कुँवर अंगभंग भइ घर फर्केपछि परिवारमा विचल्ली भएको छ। घरको आर्थिक अवस्थाका कारण उनलाई थप उपचार गर्न पैसा पनि छैन। करेन्ट लागेर घाइते भए पनि साहुले सहयोग नगरेको दुःखेसो गर्दै उनले आफूसँग भएको ९ कठ्ठा ऐनाली जग्गा ६५ हजारमा बेचेको बताए। ‘सम्पत्तिको नाममा अब एउटा झुपडी मात्र छ’, उनले भने। कुँवरकी आमा, ५ वर्षको छोरो, श्रीमती र बहिनी छन्।

कृत्रिम हात खुट्टा राख्न पाए सहज हुने उनले ठानेका छन्। उनको आर्थिक अवस्थाले त्यो सम्भव छैन। उपचारको खर्च जुटाउन बुद्धिमान कुँवर सहयोग समिति गठन गरिएको छ। त्यही टोलीले उनको थप उपचार र सहयोग रकम जुटाउन राजधानी लगेको हो। बुद्धिमानसँगै उनकी पत्नी पवि कुँवर, बुद्धिमान कुँवर सहयोग समितिका संयोजक धीरेन्द्र सिंह ठकुरी र सदस्य शुक्र रावत चार दिनदेखि काठमाडौंमा छन्। समितिका अन्य सदस्य जिल्लामा सहयोग संकलन गरिरहेका छन्। अहिलेसम्म सात रुपैयाँ जति संकलन भइसकेको छ।

समितिका संयोजक ठकुरी भन्छन्, ‘कृत्रिम हातखुट्टा र थप उपचार गर्न एक करोड रुपैयाँ लाग्ने अनुमान छ।’ समितिका अर्का सदस्य शुक्र रावत राजधानीमा सहयोगका लागि पहल भइरहेको बताउँछन्। ‘सानो सानो रकम दिनेहरु आइरहनु भएको छ। पत्रकार साथीहरु पनि अन्तर्वार्ताका लागि आउनु हुन्छ। कुँवरको जीवनयापनका लाथि ठूलो सहयोगको खाँचो छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.