प्रदेश ५ मा ६ महिनामा २९ जना पक्राउ, ९४ हतियार बरामद

प्रदेश ५ मा ६ महिनामा २९ जना पक्राउ, ९४ हतियार बरामद

नेपालगन्ज : प्रदेश ५ मा विगत ६ महिनाको अवधिमा अवैध हतियारसहित २९ जना पक्राउ परेका छन्।प्रदेश प्रहरी तुलसीपुर दाङले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिबाट ९४ थान अवैध हतियार बरामद गरेको जानकारी दिएको हो। 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले अघिल्लो वर्षको तुलनामा अवैध हतियारसहित पक्राउ पर्नेको संख्यामा कमी आएको बताए। 'हतियारको प्रयोगबाट हुने अपराध १२ वटै जिल्लाका सबै प्रहरी इकाइलाई निर्देशन दिइएको छ,' उनले भने, 'संगठित अपराध, चन्दा आतंकजस्ता कार्यमा हतियारसहितको गिरोह सक्रिय छ।त्यस्तालाई ट्याकल गर्न हतियारसहित प्रहरी चाहिन्छ। प्रहरीले त्यसरी नै काम गरिरहेको छ।'

प्रहरीको सक्रियताका कारण न्यूनिकरण हुँदै गएको उनको दाबी छ। प्रहरीले बरामद गरेका भरुवा बन्दुक चोरी शिकार गर्ने उद्देश्यले प्रयोग गरिएको आशंका गरेको छ। यो वर्ष सबैभन्दा बढी ७५ वटा भरुवा बन्दुक बरामद भएको उनले बताए।

गत वर्षमा सबैभन्दा बढी भरुवा बन्दुक ३८, कटुवा पेस्तोल २६ लगायतका हतियार प्रहरीले बरामद गरेको थियो। प्रदेश प्रहरीले पूर्व-पश्चिम राजमार्ग सुरक्षाका लागि बर्दघाटदेखि चिसापानीसम्मका विभिन्न स्थानमा सिसिटिभी राख्ने योजना बनाएको छ। 

प्रदेशमा सुरक्षालगायतका विषयमा विषयविज्ञ सम्मिलित १२ जनाको छुट्टै विशेष अनुसन्धान व्युरो बनाएर काम गरिरहेको प्रहरी नायब महानिरीक्षक अधिकारीले प्रष्ट पारे। 'ठूला, जघन्य, संगठित अपराधका घटनामा प्रदेश तहबाट निगरानी र विशेष टोली परिचालन गरी अनुसन्धानलाई सहयोग हुन्छ,' उनले भने, 'यस्ता कार्य नियन्त्रण गर्न प्रहरी आक्रामक ढंगले प्रस्तुत हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.