नर्भिक पुगेका कमल थापालाई पारसले भने- 'नाउ आई एम गुड'
काठमाडौं : उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थअवस्था बुझ्न राप्रपा अध्यक्ष कमल थापा नर्भिक अस्पताल पुगेका छन्।
हृदयाघातका कारण सोमबार नर्भिक अस्पताल भर्ना भएका शाहसँग अध्यक्ष थापाले संक्षिप्त कुराकानी गरेका राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
'नाउ आई एम गुड (अहिले म ठिक छु)', बर्तौलाले थापासँग पारसको कुराकानी उद्धृत गरे, 'हिजो अलि दुखाई थियो, अहिले ठिक छु।'केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने पारसले बताएका थिए। पारसलाई भेटेर फर्किने क्रममा थापाले पूर्वरानी कोमल शाहसँग पनि भलाकुसारी गरेका थिए।