भेनेजुएलालाई शान्तिपूर्ण तरिकाले संकट समाधान गर्न नेपाल सरकारको आग्रह

भेनेजुएलालाई शान्तिपूर्ण तरिकाले संकट समाधान गर्न नेपाल सरकारको आग्रह

काठमाडौं : भेनेजुएलामा उत्पन्न भएको राजनीतिक संकटबारे नेपाल सरकारले पनि चासो देखाएको छ । आज परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै भेनेजुएलाको संकट शान्तिपूर्ण तरिकाले समाधान गर्न आग्रह गरेको छ ।

नेपाल शान्ति, स्थायित्व र एकताको पक्षमा रहेकाले शान्तिपूर्ण तरिकाले समाधान निकाल्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ । साथै भेनेजुएलाको राजनीतिक र संवैधानिक चरणबारे निर्णय गर्ने अन्तिम अधिकार त्यहीँका जनतामा रहेको नेपाल सरकारले जोड दिएको छ ।

‘बोलिभारियन गणतन्त्र भेनेजुएलाको पछिल्लो राजनीतिक विकासलाई हामीले नजिकबाट नियालिरहेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक राजनीतिक समस्यालाई संवैधानिक र लोकतान्त्रिक पद्धत्तिबाटै आन्तरिक रुपमै हल गर्नुपर्छ भन्ने नेपालको विश्वास छ ।’

भेनेजुएलामा पछिल्लाे केही महिनायता त्यहाँका राष्ट्रपति निकाेलस मादुराेकाे राजीनामा माग्दै लाखाैं जनता सडकमा उत्रिएका छन् । विपक्षी युवा नेतालाई नयाँ राष्ट्रपति घाेषणा गरिएकाे छ । अमेरिका, बेलायत लगायतका मुलुकले मादुराेकाे विपक्षमा विज्ञप्ति जारी गरेका छन् भने चीन, रुस लगायत मुलुकले मादुराे पक्षमा । यहाँ उत्पन्न राजनीतिक स‌ंकटमा विश्वले चासाे देखाइरहेकाे छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.