प्रदेश विकास परिषद् गठन

प्रदेश विकास परिषद् गठन

बुटवल : प्रदेश ५ सरकारले प्रदेश विकास परिषद् गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले मंगलबार प्रदेशको विकासका लागि मुख्यमन्त्रीको संयोजकत्वमा परिषद् गठन गरेको हो।

परिषद्मा प्रदेश मन्त्री, सम्बन्धित मन्त्रालयका सचिव, प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेशसभाका विषयगत समितिका सभापति, जिसस प्रमुख सदस्य रहनेछन्। स्थानीय तहका १५ जना प्रमुख तथा समाजमा योगदान पुर्‍याएका २५ विज्ञ सदस्यसमेत रहने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए।

बैठकले गुल्मी रुरु गाउँपालिका केन्द्र र नाम तथा प्युठान झिमरुक गाउँपालिका केन्द्र परिवर्तनका लागि संघीय सरकारमा सिफारिस पठाउने निर्णय गरेको छ। रुरु गाउँपालिकाको नाम रुरुक्षेत्र र केन्द्र ध्युबेंसीमा सार्ने अनि झिमरुक केन्द्र मच्छीबाट भ्यागुतेमा सार्न सिफारिस गरिएको छ।

बैठकले प्रदेश स्थापना दिवस फागुन ३ गते मनाउने निर्णयसमेत गरेको छ। यसका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा व्यवस्थापन, भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति र बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीको संयोजकत्वमा प्रभातफेरी तथा स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ। दिवसमा सरकारले बिदा घोषणा गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.