१६५ किलोको बोको

१६५ किलोको बोको

सन्धिखर्क : एउटा बोकाको तौल कति किलोसम्म हुन सक्छ ? तपाईं भन्नुहोला, बढीमा सय किलो। तर होइन, अर्घाखाँचीका किसानले पालेको बोको एक सय ६५ किलोको छ। बोयर जातको त्यो बोकालाई सन्धिखर्कमा लागेको कृषि प्रदर्शनी मेलामा राखिएको छ।

मेला अवलोकन गर्न आउनेहरू बोको हेर्न झुम्मिन्छन्। र, सेल्फीसमेत खिच्छन्। सन्धिखर्क नगरपालिका–११ डिभर्नाका किसानले त्यसलाई तीन वर्षअघि ३ लाख रुपैयाँमा किनेका हुन्। त्यो पनि अस्ट्रेलियाबाट। त्यसपछि सन्धिखर्कको डिभर्ना बोयर जातका बाख्रा उत्पादनस्थल नै बनेको छ।

मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बाख्रापालन समूहमा आबद्ध डिर्भनाका किसानले बोयर जातको बोका क्रस गराएर उत्पादित बाख्राबाट मनग्गे आम्दानी गरेका छन्। यसअघिको तुलनामा उनीहरूको आय तेब्बर पुगेको छ।

सन्धिखर्कमा अर्घाखाँची उद्योग वाणिज्य संघ र किसानका लागि उन्नत बीउ विजन कार्यक्रम परियोजनाले आयोजना गरेको कृषि प्रदर्शनी मेलाको प्रमुख आकर्षण बनेको बोकाको माग बढिरहेको छ ।

किसानले तीन वर्षअघि १५ वटा बोयर जातका बोका ल्याएका थिए। त्यसपछि मात्र बोयर जातको बाख्रा उत्पादन बढेको हो। परम्परागत रूपमा पालिँदै आएका खरी जातका बाख्रामा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ४० किलोसम्म मासु उत्पादन हुन थालेपछि उनीहरूको व्यवसाय फस्टाउँदै गएको छ।

बोयर जातका बोका बिक्रीका लागि किसानले सल्यान, रुकुम, प्युठान, स्याङ्जा, पाल्पा, गुल्मी र अर्घाखाँचीकै विभिन्न स्थानीय तहमा पठाउँछन्। किसानले समूहमार्फत पाठापाठीसमेत बेच्ने गरेको जालकाँडा बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्यालले जानकारी दिए। समूहले जिल्लाकै छत्रदेव गाउँपालिकामा १ सय २५, भूमिकास्थान नगरपालिकामा ३८, शीतगंगा नगरपालिकामा २५ र सन्धिखर्क नगरपालिकाका अन्य वडामा १६ बोका बेचेको उनको भनाइ छ। एक किलोको एक हजार रुपैयाँका दरले जिउँदो बोका बिक्री हुन्छ।

गाउँका एक सय ५३ घरधुरी संलग्न रहेको समूहमा आबद्ध किसानले १२ सय बाख्रापालन गरिरहेका छन्। ‘एउटा पाठापाठी जन्मिँदा चारदेखि पाँच किलो हुन्छ। काठे बाख्रा एक वर्षमा २५ किलो हुन्थ्यो’, समूहका अध्यक्ष बस्यालले भने, ‘बोयर जातको बोका लगाएपछि तीन महिनामै ३० किलो हुँदो रहेछ। ’

डेढ वर्षको अवधिमा तीन वटा मात्र बाख्रा पालेकी डिभर्नाकी गीता भुसालले बोका र पाठी बिक्रीबाट साढे दुई लाख बुझिन्। सजिलो माध्यमबाट मनग्गे आम्दानी भएपछि उनी दंग छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.