प्रधानमन्त्रीले गरे मेची पुल उद्घाटन (फोटोफिचर)
झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुरमा रहेको मेची पुलको उद्घाटन गरेका छन्। साढे छ दशकदेखिको निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएको पुल १० महिनापछि मात्र प्रधानमन्त्रीद्वारा उद्घाटन भएको हो।
पटक–पटकको शिलान्यासपछि निर्माण भएको नेपाल–भारत जोड्ने मेची पुलको उद्घाटनका लागि प्रधानमन्त्री ओली बिहीबार साँझ झापाका अन्य कार्यक्रममा सहभागी भई पुगेका थिए। उनले पुलको अवलोकन समेत गरेका छन्। उनले रिवन काटेर पुल उद्घाटन गरेका हुन्।
यसअघि मंसिर २६ गते उद्घाटन गर्ने तयारी गरिए पनि पुलसम्म पुग्ने सडक निर्माण नभएकाले उद्घाटन रोकिएको थियो।
भारतको बंगाल तथा बिहार राज्यसँग जोडिने पुल निर्माणका लागि ३७ करोड ३६ लाख ८५ हजार ५ सय ६२ रुपैयाँ लागत रहेको छ। पुलको लम्बाइ ५६० मिटर र चौढाइ ९.८ मिटर रहेको निर्माण कम्पनी अनक एण्ड सूर्य जे भी कन्ट्रक्सनका इन्जिनियर सुरेन्द्र खतिवडाले जानकारी दिए। सात दशकदेखि पुल निर्माणको चर्चा चलेपछि लामो समयपछि निर्माण सम्पन्न भएको हो।
हेर्नुस् फोटोहरूः