बारा सिडिओका सवारी चालक प्रहरी नियन्त्रणमा

बारा सिडिओका सवारी चालक प्रहरी नियन्त्रणमा

सिमरा : जिल्ला प्रहरी कार्यालयले बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश भट्टराईका सवारी चालक जगतनारायण कुर्मीलाई नियन्त्रणमा लिएको छ । 

गत शनिवार बाराको पथलैया–निजगढ सडक खण्डको पसाहा पुुल नजिक दुर्घटना भएको सिडिओको सवारीका चालक कुुर्मीलाई अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो । दुुर्घटनामा सामान्य घाइते उनी वीरगन्जस्थित हेल्थ केयर अस्पतालमा उपचाररत थिए । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले चालकको लापरवाहीका कारण दुुर्घटना भएको देखिएकाले अनुुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । उनलाई सवारी ज्यान मुद्दा ऐन अन्तर्गत कारवाही हुुने प्रवक्ता राठौरले बताए । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय निजगढको क्षेत्रभित्र रहेकाले निजगढ प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाउने भएको छ । 

उक्त दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्युु भएको थियो भने सिडिओ गणेश भट्टराई गम्भीर घाइते भएका थिए । सिडिओ भट्टराईको हाल काठमाडौँमा उपचार भइरहेको छ । 

कर्मचारी मिलन केन्द्रको बनभोजमा सहभागी भएर फर्कने क्रममा सिडिओ भट्टराईको ना१झ १६३३ नम्बरको स्कोर्पियो गाडी राति ८ बजे पसाह पुल नजिक रोकिरहेको ट्रयाक्टरको ट्रेलरमा ठोक्किएको थियो । ढुंगा लोड रहेको ट्रेलरमा ठोक्किएको गाडीको अघिल्लो भाग पूूर्णरुपमा क्षतिग्रस्त देखिएपछि तीव्र गतिका कारण दुुर्घटना भएको प्रहरीले बताउदै आएको थियो । 

सुरक्षा अधिकारी चढेको गाडी चलाउने क्रममा चालकले पूूर्णरुपमा लापरवाही गरेको प्रहरीको भनाई छ । घटनामा उनी सामान्य घाइते छन् । घटनालगत्तै प्रहरीले उनीमाथि निगरानी राखेको थियो । घटनापछि अनुसन्धान थालेको प्रहरीले वनभोजमा सहभागी विभिन्न ब्यक्तिसँग समेत चालकको अवस्थाबारेमा सोधपुछ गरेको थियो ।  

उक्त दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव र प्रहरी हवल्दार शम्भु गुरुङ पनि सामान्य घाइते भएका थिए । प्रहरी उपरीक्षक पोखरेल गाडीको अगाडि बसेका थिए भने सिडिओ भट्टराई उनको पछाडि बसेका थिए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.