टिपर व्यवसायीको आन्दोलनले कोसी राजमार्ग तनावग्रस्त

टिपर व्यवसायीको आन्दोलनले कोसी राजमार्ग तनावग्रस्त

किशोर बुढाथोकी/मिलन बुढाथोकी

विराटनगर : पूर्वाञ्चल टिपर व्यवसायी संघले आह्वान गरेको आन्दोलनका कारण कोसी राजमार्ग तनावग्रस्त बनेको छ । आन्दोलनरत व्यवसायीले आयोजना गरेको टिपर र्‍यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि स्थिति तनावग्रस्त बन्नु पुगेको हो ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको खोर्सानेबाट शुक्रबार आयोजना गरिएको र्‍याली कोसी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको सिमानामा पुगेपछि प्रहरीले रोकिराखेको छ ।

साढे १२ बजे उक्त स्थानमा पुगेको तीन सय टिपरसहितको ¥यालीलाई प्रहरीले बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको सिमानामा रहेको ढाटमा आइपुगेपछि अघि बढ्न दिइएको छैन ।

अगाडि बढ्न खोजिरहेका टिपरलाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सीको स्थिति उत्पन्न भयो । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नारावाजी नै गरिरहेका छन् । राजमार्गमा टिपर तेस्र्याएर चालकले आन्दोलन सुरु गरेपछि अहिले कोसी राजमार्ग अवरुद्ध बनेको छ । र्‍यालीमा सहभागी टिपरले ६ लेन सडक रहेको राजमार्ग पूरै ढाकेपछि सवारी आवागमन ठप्प बनेको हो । उक्त राजमार्गमा अहिले कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

गत सोमबार सोमबार बिहान मोरङको सुन्दरपुरहरैंचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । त्यसपछि आक्रोशित स्थानीयले सातवटा टिपरमाथि आगजनी गरेका थिए ।

उक्त घटनाको विरुद्धमा टिपर व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन अन्तर्गत टिपर व्यवसायीले शुक्रबार खोर्सानेबाट विराटनगरको रोडशेष चौकसम्म टिपर र्‍यालीको आयोजना गरे ।

गत सोमबार सुन्दरहरैंचामा भएको घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले करिब १० घण्टा निषेधाज्ञा नै जारी गरेको थियो । घटनाको विरोधमा उत्रिएका स्थानीय बालिकाको शव दिनभरी सडकमा राखेर प्रदर्शन गर्नुका साथै सातवटा टिपरमा आगजनी गरेका थिए । मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले एकै पटक ठूलो संख्यामा टिपरलाई विराटनगर बजार प्रवेष गर्न दिँदा स्थिति खराब हुने भएपछि टिपर र्‍यालीलाई बीचमै रोकिएको जानकारी दिए । उनले आन्दोलनमा रहेका टिपरका चालक र व्यवसायीलाई सम्झाइबुझाइ गरिरहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.