केन्द्र सरकारसँग स्पष्ट भिजन नहुँदा तल्लो तहमा संघीयता पुगेन : पूर्वप्रधानमन्त्री भट्टराई

केन्द्र सरकारसँग स्पष्ट भिजन नहुँदा तल्लो तहमा संघीयता पुगेन : पूर्वप्रधानमन्त्री भट्टराई

धनकुटा : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संघीयताको बुझाईमा केन्द्र सरकारसँग स्पष्ट भिजन नहुँदा तल्लो निकायसम्म संघीयता पुग्न नसकेको बताए। उनले लोकतन्त्र स्थानीय तहसम्म नपुगेसम्म केन्द्रीकृत भइ एक व्यक्तिको वरिपरी घुमिरहने समेत बताए। 

नयाँ शक्ति पार्टीको मेची-महाकाली जनसंवाद कार्यक्रमअन्र्तगत धनकुटा आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकार सम्मेलनमा बोल्दै नागरिक आफूले सार्वभौम महसुस नगरेसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने बताए। 

उनले सबै जनालाई सबल बनाउने लक्ष्य नरहेको कारण केन्द्र सरकारले स्थानीय तहलाई अधिकार दिन नसकेको आरोप लगाए। उनले भने, 'स्थानीय तहलाई अधिकार नदिँदासम्म अन्यौलता सिर्जना भइरहन्छ।'

उनले चिकित्सा शिक्षा विधेयक पास गर्ने विषयमा संसदमा जे भयो त्यो गलत भएको बताए। स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनसनरत डा. केसी र सरकार एक विन्दुमा आएर मिल्नु समेत बताए। 

यसैगरी पूर्वप्रधानमन्त्री भट्टराईले भेनेजुएलाको विवाद वारे नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निकालेको विज्ञप्ती प्रति नेपालले कुनै पनि कित्तावन्दीमा लाग्न नहुने बताए। 'प्रचण्डजीमा जे चरित्र छ त्यहि देखिएको छ,' उनले भने 'उहाँको चरित्र कहिले लत्रक्‍कै झुक्ने, फेरि कहिले आवेशमा आउने बानीका कारण त्यस्तो विज्ञप्ती निकालिएको हुन सक्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.