धर्मको बद्नाम गरेको भन्दै चिनियाँ लामा भूपतिलाई बर्खास्त गर्न माग

धर्मको बद्नाम गरेको भन्दै चिनियाँ लामा भूपतिलाई बर्खास्त गर्न माग

काठमाडौं : मेलाम्ची घ्याङ गुठीका अध्यक्ष भूपति लामाको बर्खास्तीको मागसहित बौद्धबासीले बौद्धनाथ गुठी संस्थानमा ज्ञापनपत्र बुझाएका छन्। कानूनअनुसार गैरआवासीय व्यक्ति सार्वजनिक पदमा बस्न नमिले पनि भूपति लामा मेलाम्ची घ्याङ गुठीको अध्यक्ष पदमा बसेको भन्दै तत्काल बर्खास्तीको मागसहित गुठी संस्थानमा शुक्रबार ज्ञापनपत्र बुझाएका हुन्। 

हङकङको पिआर लिएका चिनियाँ लामा नामले चिनिने भूपति लामालाई तत्काल बर्खास्त गर्न बौद्धबासीले माग गरेका छन्।बौद्धनाथ स्तुपा अन्र्तगत रहेको गुठीको अध्यक्ष  पदमा बसेर गैरकानूनी काम गरेको भन्दै बौद्ध बचाउ अभियान संघर्ष समिति गठन गरी उनीहरु आन्दोलित भएका छन्। 

केही महिना अघि बौद्धस्तुपालाई अनुमति विना जथाभावी प्वाल पारेर क्षति पुर्‍याए पनि कारवाही नगरेको र कानून विपरित संस्थानले अध्यक्ष बनाएको भन्दै बर्खास्तको माग सहित आन्दोलित भएको समितिका प्रवक्ता सम्पूर्णकुमार लामाले बताए। प्राचीन स्मारक ऐन २०१३ अन्र्तगत तत्काल कारवाही नगरे आन्दोलन निरन्तर गर्दै जाने लामाले बताए। समितिले बिहीबार पत्रकार सम्मेल सहित नाराजुलुस र्‍याली र कोणसभा गरी आन्दोलन सुरु गरेका थिए।

भूपति लामाले नक्कली रिम्पोछे बनेर बौद्धधर्ममा गैरकानूनी गतिविधि गर्दै आएको बौद्धबासी र स्थानीयको आरोप छ। उनले धर्मगुरु रिम्पोछे पदवी नागरिकतामा लेखाएर देशविदेशका बौद्धधर्मावलम्बीमा गलत प्रचार गर्दे आर्थिक सहयोग लिने गरेका थिए।

उनको सो पदवी नागरिकताबाट तत्काल हटाउन र सार्वजनिक पदबाट निकाल्न सरकारसँग माग गरेका छन्। समितिमा वौद्ध तामाङ कल्याण गुठीका संयोजक संसद छिरिङ दोर्जे लामा, वडाध्यक्ष देपेन्द्र लामा, वौद्धनाथ क्षेत्र विकाश समितिका अध्यक्ष राजकुमार लामा, समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामा, नागरिक अगुवा नेपालजित लामा लगायत सय बढीको सहभागिता छ। भूपति लामाले रिम्पोछे हुँ भन्दै चीनको समेत नागरिकता लिएकाले नेपालको सार्वजनिक पदमा राख्न नहुने सरोकारवालाले बताएका छन्।

बौद्धधर्मका गुरु रिम्पोछे बन्न बौद्धदर्शनमा विद्यावारिधी ग।ेको र बौद्ध धर्मलम्वीले मन पराएको हुनुपर्छ। रिम्पोछेको मृत्यू भएपछि पुर्नजन्म लिएको मानिस मात्र रिम्पोछे बन्ने बौद्ध धर्मावलम्बीको मान्यता छ।  

भूपति लामाले जिल्ला प्रशासन कार्यालयबाट नामको अगाडि रिम्पोछे लेखाएर धर्मकै वदनाम गरेको नेपाल बौद्ध महासंघका उपाध्यक्ष नुर्वु लामाको भनाइ छ। बौद्ध महासंघको सूचिमा भूपति लामा रिम्पोछे छैन तर राज्यले यसरी नागरिकता उपलब्ध गराएर धर्ममाथि नै कुप्रचार गर्न सहयोग गरेको आरोप उनको छ।  

चिनियाँ लामाकै कारण बौद्ध क्षेत्रमा पाठपूजामा अवरोध हुँदै आएको छ। गैरकानूनी क्रियाकलाप नरोकेको भन्दै बौद्धबासी र बौद्धधर्मावलम्बीले आन्दोलन गर्ने तयारी गरेका छन्। सरोकारवालासहितको बैठकमा संसद छिरिङ दोर्जे लामाले भूपति लामाको गैरकानूनी क्रियाकलापमा सरकारले ध्यान दिन माग गरे। 

वडाध्यक्ष दिपेन्द्र लामाले सरकारसँग कारवाहीको माग गरिएको भए पनि हालसम्म सरकारले कारवाही नगरेकोले स्थानीयतहबाटै कारवाही थाल्ने बताए। कानूनभन्दा माथि कोही नरहेको र प्राचीन स्मारकलाई व्यक्तिगत लाभमा प्रयोग गर्दासमेत राज्य चुप लागेको उनको आरोप छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.