चोर पक्राउ गर्न प्रहरी विशेष अभियान, महिनामै एक सय २४ जना पक्राउ

चोर पक्राउ गर्न प्रहरी विशेष अभियान, महिनामै एक सय २४ जना पक्राउ

काठमाडौं : राजधानीमा चोरीका घटना बढेपछि चोर पक्राउ विशेष अभियान अन्तर्गत प्रहरीले एक महिनामा एक सय २४ जनालाई चोरीको आरोपमा पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाद्धारा संयुक्त अपरेशन गरी ठूलो संख्यामा चोरीका आरोपी नियन्त्रणमा लिएको हो ।

गत पुस १५ गतेबाट सुरु भएको अभियानमा डिएसपीको कमाण्डमा छुट्टै टोली बनाएर राजधानीमा खटिएका थिए। अभियानका क्रममा हालसम्म बानेश्वरबाट १७ जना, महाराजगञ्जबाट १३ जना, थानकोटबाट नौ जना, न्यूरोडबाट आठ जना, बौद्धबाट ६ जना, टेकुबाट चार जना र अन्य विभिन्न स्थानबाट ६७ जना चोरीको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ।

अभियानबारे जानकारी दिन बिहिबार परिसर र महाशाखाद्धारा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेको थियो। परिसर प्रमुख एसएसपी वसन्त लामाले पक्राउ परेका आरोपीले पाँच वटा तरिका अपनाएर चोरी गर्दै आएको जानकारी दिए। उनका अनुसार अफिस समयमा घरमा कोही नभएको अवस्थामा बढी चोरी हुँदै आएको छ। चोरले ढोकामा ताला लगाईएको घरलाई बढी टार्गेट गर्दै आएका थिए। ‘ सुरुमा कोठा खोज्न आउने र घरको आनीबानी बुझेपछि चोरी गर्न जाने गरेको पाईयो,‘ एसएसपी लामाले भने,‘ चोरी गर्न आउने समुह मोटरसाइकलमा आउने र केही मिनेटमै चोरेर हिंड्ने गरेको अनुसन्धानबाट देखियो।’

प्रहरीका अनुसार भारतीय मूलका केही महिलाहरु कवाडी संकलनको बाहानामा चोरी गर्न मिल्ने संभावित घरहरुको निगरानी गर्ने र मौका मिले चोरेर हिंड्ने गरेको अनुसन्धानबाट देखिएको छ। एसएसपी लामाका अनुसार चार प्रकारका चोरको गिरोह सक्रिय देखिन्छन्। उनका अनुसार एउटा संगठीत भएर चोरी गर्ने, दोश्रो साथी संगतको लहैलहैमा, तेस्रो आफ्नो सोख पूरा गर्नका लागि पैसा संकलन गर्ने र चौथो सुरुमा जहाँ काम गर्‍याे त्यही चोरी गरेर हिंड्ने गरेको विभिन्न घटनाक्रमले देखाएको छ।

चोरले सकेसम्म नगद र गरगहनालाई बढी ध्यान दिने गरेको अभियानका क्रममा अनुसन्धानले देखाएको महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले बताए। भने,‘ घर फोडेर भित्र पस्ने वित्तिकै पहिला नगद र गरगहनामा चोर केन्द्रीत हुने र त्यो पनि नपाए ल्यापटप र टिभी उठाएर हिंड्ने गरेको देखियो।’ चोरी गरेको समान सकेसम्म छिटो बिक्री गरेर पैसा संकलन गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

सुन पगालेर बिक्री गरेपछि प्रमाणिक बस्तु लोप हुने भएपछि चोरले चोरी गरेको सुनका गरगहना तुरुन्तै पगाल्ने गरेको प्रहरीले जनाएको छ। चोरीमा १८ वर्षदेखि ३० वर्ष उमेर समुहका धेरै छन्। प्रहरीले भारतीय मूलका संकास्पद व्यक्तिमाथि निगरानी बढाउन सुरु गरेको जानकारी एसएसपी लामाले दिए। प्रहरीले पक्राउ गरेका मध्ये अनुसन्धान पश्चात सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा काठमाडौंमा मुद्दा बुझाउँदा तीन महिला र २१ जना पुरुष पूर्पक्षका लागि जेल चलान भएका छन्। दुई महिला र १८ जना पुरुष धरौटीमा छुटेका छन् भने ८३ जनामाथि अनुसन्धान भईरहेको जानकारी एसएसपी लामाले दिए। उनले भने,‘ यो अभियान जारी रहन्छ। अहिले चोरीका घटना लगवग नियन्त्रण जस्तै छ।’ हाल चोरीको आरोपमा पक्राउ परेका व्यक्तिहरुको रेकर्ड राख्ने जानकारी लामाले दिए।

अनलाईन सप प्रहरीको निगरानीमा

केही अनलाईन सपले बजारमा बिक्री गर्ने मूल्य भन्दा सस्तोमा बिक्री गर्ने देखिएपछि प्रहरीले त्यस्ता संस्थामा निगरानी बढाउन थालेको जानकारी काठमाडौं प्रहरी प्रमुख एसएसपी लामाले दिए।

लामाका अनुसार हाल चोरी आरोपमा पक्राउ परेका केही व्यक्तिले चोरी गरेका समान केही अनलाईन सपिङमा बिक्री गरेको बयान प्रहरीमा दिएका छन्। लामाले भने,‘ जस्तै हाम्रो बजार डटकम जस्ता केही अनलाईन बजारमा हाम्रो निगरानी बढेको छ। चोरीका सामान खरिद गरेर बिक्री गरेको पाइए कारबाही हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.