भारतको मनिपुरबाट ३१ नेपाली महिलाको उद्धार

भारतको मनिपुरबाट ३१ नेपाली महिलाको उद्धार

काठमाडौं : महिला बेचविखनविरुद्ध काम गर्दैआएको संस्था माइती नेपालले भारतको मनिपुरबाट ३१ जना नेपाली महिलालाई उद्धार गरेको छ ।

मनिपुर प्रहरी र इम्पल्स एनजिओ नेटवर्कको सहयोगमा शुक्रबार उक्त संस्थाले मनिपुरको इम्फालबाट उनीहरुलाई उद्धार गरेको हो । इम्फालबाट म्यान्मार हुँदै गैरकानूनी रुपमा इराक र दुवई पु¥याउने भन्दै दलालहरुले योजना गरिरहँदा माइती नेपालको टोलीले उनीहरुको उद्धार गरेको हो ।

माइती नेपालका कार्यवहाक अध्यक्ष विश्वराम खड्काका अनुसार विगत तीन दिनयता भारतबाट ३७ जना महिलाको सकुशल उद्धार गरिसकेको छ । गत बुधबार दिल्ली महिला आयोग र रेस्क्यु फाउन्डेशनको सहयोगमा ६ जना महिलाको राजिव नगरबाट उद्धार गरिएको थियो ।

नयाँ रुटको प्रयोग
प्रहरीका अनुसार भारतको मनिपुरस्थित इम्फालबाट म्यानमार हुँदै इराक र दुवईमा मानव तस्करी गर्ने रुट विल्कुलै नयाँ हो ।

माइती नेपाललाई पहिचान नखुलेको इमेल मार्फत प्राप्त सूचनाको आधारमा गरिएको अनुसन्धान र थालिएको उद्धार कार्यले अन्ततः मानव तस्करीको गोप्य रुटको पर्दाफास गरेको खड्काले बताए । उद्धार गरिएका व्यक्तिहरुलाई आवश्यक प्रक्रिया पु¥याएर स्वदेश फिर्ता गरिने पनि उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.