दाङमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप
दाङ : डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । केसी अनसनमा रहेको बेला उनको समर्थनमा आन्दोलनमा उत्रिएका नेविसंघ कार्यकर्ताले सरकार विरुद्ध नारावाजी गरेका थिए ।
प्रहरीले उनीहरुको र्यालीलाई नियन्त्रण गर्न खोज्दा झडप भएको थियो ।
झडपको क्रममा नेविसंघ सदस्य घनश्याम भण्डारी लगायत घाइते भएका छन् । नेपाली कांग्रेसको कार्यालयबाट निस्किएको बिरोध र्याली भानु चोकमा कोणसभा गरी सम्पन्न भएको थियो ।