बाँदरविरुद्ध उजुरी

बाँदरविरुद्ध उजुरी

ओखलढुंगा : ओखलढुंगाका एक किसानले बाँदरविरुद्ध प्रशासनमा उजुरी गरेका छन्। सिद्धिचरण नगरपालिका–५ का नारायणप्रसाद दाहालले बाँदरले घरबाटै अन्न झिकेर खान थालेपछि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।

उनले खेतबारीमा मात्र नभई घरमै आएर अन्नबाली क्षति गरेकाले बाँदर नियन्त्रण गर्न माग गरेका छन्। वडावासीको तर्फबाट उनले समस्या समाधान गर्न माग गर्दै निवेदन दिएको बताए। गत वर्ष सिद्धिचरण नगरपालिका–३ का स्थानीयले पनि बाँदरविरुद्ध उजुरी गरेका थिए। बाँदरले खेतबारीमै सबै अन्नबाली क्षति गरेकाले मार्न पाउनुपर्ने उनीहरूको माग थियो।

अघिल्लो वर्ष घुम्ती शिविर लिएर चिसंखुगढीको खानीभञ्ज्याङ पुगेका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई बाँदर मार्ने होइन, बाँदरले नखाने खेती गर्न सुझाएका थिए। यसअघि रामपुरका किसानले तत्कालीन गृहमन्त्री भीमबहादुर रावललाई बाँदर नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

बाँदरले दुःख दिए पनि सरकारी निकायले चासो नदिएको सिद्धिचरण नगरपालिका–३ का सीताराम दाहालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.