दुई दिनमै भारतबाट ४० नेपाली महिलाको उद्धार

दुई दिनमै भारतबाट ४० नेपाली महिलाको उद्धार

काठमाडौं : पछिल्लो दुई दिनकाे अवधिमै ४० नेपाली महिलाको भारतबाटै उद्धार भएको छ ।

भारतीय प्रहरीको सहायतामा यस्तो काम सम्भव भएको हो । उनीहरुसहित जम्मा एक सय तीनजना महिलाको उद्धार भयो । यही शुक्रबारदेखि सुरु भएको उद्धार कार्य हालसम्मकै सबैभन्दा ठूलो रहेको भारतीय प्रहरीले जनाएको छ ।

माइती नेपालले दिल्ली महिला आयोगलाई दिएको सूचनाको आधारमा सबैभन्दा पहिले दिल्लीबाट ६ जना महिलाको उद्धार गरिएको थियो । त्यसपछि तिनै महिलाले अरु धेरै संख्यामा नेपाली महिलालाई दिल्ली लैजान लागिएको खुलासा गरेका थिए ।

प्रहरीले सुक्रबार विभिन्न समयमा भारतको मणिपुरस्थित मोरे सहरका छुट्टा छुट्टै ठाउँबाट ४० नेपाली महिलाको उद्धार गरेको हो । प्रहरीले आफ्नो रेस्क्यु अपरेसन जारी राख्ने क्रममा यही सहरको विभिन्न ठाउँबाट अन्य भारतीय महिलाको पनि उद्धार गरेको हो ।

मोरे सहर म्यानमारसँगको सीमावर्ती क्षेत्रमा पर्ने हुनाले सोही ठाउँमार्फत दक्षिण एसियाली र मध्य पूर्वीय क्षेत्रका देशहरुमा मानव तस्करी गर्नु मानव बेचबिखनमा संलग्न बिचौलियाहरुको उद्देश्य हुने प्रहरीले खुलासा गरेको छ ।

ठूलो संख्यामा उद्धार गरिएका महिलासँगै मानव बेचबिखनमा संलग्न केही व्यक्तिलाई समेत मणिपुर प्रहरीले पक्राउ गरेको छ । मणिपुरस्थित मोरे प्रहरीले जारी गरेको जाहेरी दरखास्तका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी लामा, सुनौलीका राजीव शर्मा, झापाका ५२ वर्षीय मदनकुमार खरेल र केही नाम नखुलेका व्यक्ति छन् ।

ठूलो संख्यामा उद्धार गरिएका महिलामध्ये सबैको हालसम्म पहिचान खुल्न सकेको छैन । उनीहरुको पहिचान खुलेपछि मात्रै आआफ्नो ठाउँमा पठाउने ब्यवस्था गरिने प्रहरीले जनाएको छ ।

मानव बेचबिखनको स्वरुप दिनानुदिन भयाभह हुँदैगएको अवस्थामा मानव तस्करीमा सम्लग्न गिरोहले विभिन्न तिकडम र नयाँ रुटको प्रयोग गर्दै आएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए । भारतको मनिपुरस्थित इम्फालबाट म्यानमार हुँदै इराक र दुवईमा मानव तस्करी गर्ने रुट विल्कुलै नयाँ रहेको पनि उनले जानकारी दिए ।

माइती नेपाललाई पहिचान नखुलेको इमेल मार्फत प्राप्त सूचनाको आधारमा गरिएको अनुसन्धान र थालिएको उद्धार कार्यले मानव तस्करीको गोप्य रुटको पर्दाफास गरेको अध्यक्ष खड्काले बताए ।

माइती नेपाललाई गोप्य शुत्रबाट प्राप्त जानकारी अनुसार गत डिसेम्बर २०१८ र जनवरी २०१९ गरी दुई महिनाभित्र तीन सय १० जना नेपाली महिला मोरेको इमिग्रेसन पार गरि म्यानमार पुगिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.