मदन भण्डारी गोल्डकप : सिग्‍नेचर मनाङलाई हराउँदै आर्मी च्याम्पियन

मदन भण्डारी गोल्डकप : सिग्‍नेचर मनाङलाई हराउँदै आर्मी च्याम्पियन

इटहरी : सिग्‍नेचर मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले दोस्रो मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

सुनसरीको इटहरी रंगशालामा शनिबार भएको फाइनलमा सिग्‍नेचर मनाङलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो। उपाधिसँगै आर्मीले नगद १६ लाख रुपैयाँ पुरस्कार पाएको छ। उपविजेतामा सीमित भएको सिग्‍नेचर मनाङले आठ लाख रुपैयाँमा चित्त बुझायो।

आर्मीलाई जित दिलाउने क्रममा खेलको पाँचौ मिनेटमा लागि टंक बस्नेतले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। १–० गोलले पछि परेको सिग्‍नेचर मनाङले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। सेमिफाइनलमा एकमात्र गोल गर्दै सिग्‍नेचर मनाङलाई उपाधि नजिक पु¥याएका अफिज ओलाओले रेड कार्ड पाएर बाहिरिएपछि टोली १० जना खेलाडीमा सीमित भएको थियो।

आर्मीको लागि खेलको अन्तिम मिनेटमा कप्तान भरत खवासले दोस्रो गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए। फाइनल खेलको म्यान अफ दी म्यान आर्मीका विमल पाण्डे घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी आर्मीका टंक बस्नेत घोषित भए। उनले ४२ इन्चको टिभी र २५ हजार रुपैयाँ पाए। यस्तै आर्मीका विकेश कुथु, सिग्‍नेचर मनाङका सागर विक डिफेन्स, आर्मीका सन्तोष तामाङ मिडफिल्ड र आर्मीका कप्तान भरत खवास बेस्ट फर्डवार्ड घोषित भए। उनीहरुले जनही २० हजार रुपैयाँ पाए। उनी सर्वाधिक गोलकर्ता पनि बने। बेस्ट कोच पनि आर्मीकै चुनबहादुर थापा घोषित भए। उनले पनि २० हजार रुपैयाँ पाए। आयोजक राष्ट्रिय जागृती क्लबका उमेश राई उदीयमान खेलाडी घोषित हुँदै २४ इन्चको टिभी पुरस्कार पाए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.