मोटरसाइकलको ठक्‍करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्‍करबाट पैदलयात्रीको मृत्यु

बिर्तामोड : झापाको कमल गाउँपालिका- ६ दही चोकमा शनिबार राति मोटरसाइकलको ठक्‍करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। साँझ साढे ७ बजे पाडाजुंगी-गौरीगंज सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को. १६ प. १६०६ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका मोरङ रंगेली नगरपालिका ८ का  ४५ वर्षीय सुरज ऋषिदेवलाई ठक्‍कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते ऋषीदेवलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक पठाइएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर न्यूरो अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मोटरसाइकल र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.