नगरपालिका कार्यालय खोला मजदुरद्वारा तोडफोड

नगरपालिका कार्यालय खोला मजदुरद्वारा तोडफोड

बिर्तामोड : खोलाबाट ढुंगा, गिटी तथा बालुवा निकाल्न निर्माण कम्पनीले बन्द गरेपछि मजदुरले अर्जुनधारा नगरपालिका कार्यालय तोडफोड गरेका छन् । खोलाबाट सामग्री संकलनको ठेक्का पाएको एसयुएस कन्स्ट्रक्सनले निकासी ठप्प पारेपछि हजारौं मजदुरको बिचल्ली भएको भन्दै मजदुरले आफ्नो रीस आइतबार नगरपालिकामाथि पोखेका हुन् । 

नगरपालिकाले सम्झौताबमोजिम खोलाजन्य सामग्री संकलनका लागि वातावरण बनाउन नसकेपछि निर्माण कम्पनीले बिहीबारदेखि खोलाजन्य सामग्री ओसार–पसारमा रोक लगाएको छ । जसको असर मजदुरमाथि पर्दासमेत नगरपालिका मौन रहेको भन्दै उनीहरुले आइतबार ढुंगामुढासहित तोडफोड गरेका हुन् । नगरले तोकेको स्थानबाट निकालिएको सामग्री ओसार–पसारमा निर्माण कम्पनीले अहिले रोक लगाएको छ ।

नगरपालिका र निर्माण कम्पनीबीच गत असोज १६ गते बिरिङ, टाङटिङ, नेते र गोयाङ खोलाको दुई लाख ४० हजार ६ सय घनमिटर सामग्री संकलन गरेर बिक्री गर्न पाउने शर्तमा दुई करोड ६१ लाख १० हजार रुपैंयाँमा ठेक्का भएको थियो । 

शर्तबमोजिम उत्खननको वातावरण नगरपालिकाले बनाउन नसकेपछि खोलाजन्य सामग्री ढुवानीमा रोक लगाउने निर्णय गर्नुपरेको एसयुएस कन्ट्रक्सनका सञ्चालक उत्सब ढकालले बताए । 
नगरपालिकाका ती खोलाबाट सामग्री निकासीका लागि १४ वटा नाका प्रयोग हुँदै आएको छ  । सबै नाकामा कर्मचारी परिचालन गरेर कुनैपनि सामग्री निकासी गर्न नदिन परिपत्र (सर्कुलर) गरेको ढकालको भनाई छ ।

लगानी सुरक्षाका लागि ठेकेदार संस्थाले कठोर आन्दोलको घोषणा गरेको बताएको छ । नगरपालिकाले माघ ७ गते निर्माण कम्पनीलाई खोला उत्खनन् गर्नका लागि सहमतिपत्र दिएको थियो । नगरपालिकाको अनुमतिपत्र पाएको निर्माण कम्पनीले खोला उत्खनन् शुरु गरेसँगै स्थानीयबासीले बिरोध शुरु गरेका थिए ।

स्थानीयबासीको बिरोधका कारण निर्माण कम्पनीले उत्खनन गर्न रोकेको छ । सहमतिबमोजिम खोलाजन्य सामग्री संकलन गर्न नपाएपछि निर्माण कम्पनीले २४ घण्टाभित्र सामग्री संकलनको वातावरण मिलाउन नगरलाई पत्र लेखेको थियो । 

नगरपालिकाले उत्खननको बिषयमा पटक–पटक गरेको छलफलबाट समेत सहमति हुन सकेको छैन । स्थानीयबासीले उत्खननका कारण पानीको सतह सुक्न थालेको भन्दै अर्जुनधारा १ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.