हिउँदे अधिवेशन सुरु, प्रदेशको नाम र राजधानी टुंगो लाग्‍ने

हिउँदे अधिवेशन सुरु, प्रदेशको नाम र राजधानी टुंगो लाग्‍ने

विराटनगर : प्रदेश १ संसद्को हिउँदे अधिवेशन आइतबार सुरु भएको छ । चार महिनापछि बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाउनेछ । प्रदेशसभा सदस्यले जसरी भए पनि यो विषय टुंग्याउनुपर्ने बताएका छन् ।

संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले जनतालाई यसबारे जवाफ दिन नसकिरहेको बताए । ‘नाम र राजधानी कहिले टुंगो लगाउनुहुन्छ भनेर जनताले प्रश्न गर्छन्’, उनले भने, ‘लाजमर्दो हुन लागिसक्यो, एक वर्षमा पनि हामीले जनतालाई जवाफ दिन सकेका छैनौं ।’प्रदेश सरकार र संसद्ले जनभावनाअनुरूप काम गर्नुपर्ने उनको भनाइ थियो ।

अर्की प्रदेशसभा सदस्य विष्णुु तुम्बाहाङले सबैको पहिचान समेट्ने गरी प्रदेशको नाम राख्न सुझाव दिइन् । प्रदेशको नाम र राजधानी तोक्दा सडकमा उठिरहेको आवाजलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले रफ्तारमा काम गर्नुपर्ने बताए । ‘यो वा त्यो बहानामा समय खेर फाल्नु हुँदैन’, उनले भने, ‘संघीयतालाई कागजको डुंगाजस्तो नठानियोस् । जनताका माग सम्बोधन गर्न चाँडो कार्यसम्पादन गर्नुपर्यो ।’

हिउँदे अधिवेशनको पहिलो बैठकमा कांग्रेसका कोइराला, राप्रपाकी इन्दिरा राई, फोरमका यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी तुम्बाहाङ र नेकपाका टंक आङ्बुहाङले बोलेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले अर्को बैठक माघ २३ मा बोलाएका छन् । सभामुख भण्डारीले अघिल्ला दुई अधिवेशनले एक नियमावली र २२ विधेयक पारित गरेको उल्लेख गरे । दुई विधेयक संसदीय समितिमा गइसकेको र चारवटा प्रदेशसभामा दर्ता भएको उनले सुनाए । प्रदेश सरकारले ६ विधेयक ल्याउने तयारी गरेको छ ।

राजधानी र नामको टुंगो लाग्छ : मन्त्री

मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशनले जसरी भए पनि प्रदेश राजधानी र नामकरण टुंगो लगाउने बताएका छन् । सहमति नभए प्रक्रियामा जाने उनको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बिहान पत्रकार सम्मेलन गरी उनले संसद्मा प्रवेश गराउने विषयको जानकारी दिएका हुन् ।

‘स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने चासोको विषय बनेको छ’, उनले भने, ‘यसअघिको अधिवेशनमा यो विषयलाई टुंगो लगाउन सकिएन ।’ प्रदेश राजधानी विराटनगर र नाम कोसी हुने कुरामा शीर्ष नेताहरूबीच सहमति भएको प्रसंग आफूलाई जानकारी नभएको उनले बताए ।

उनले संसद्का विभिन्न समितिका सभापतिको टुंगो पनि लाग्ने जानकारी दिए । ‘हिउँदे अधिवेशनबाट स्थायी राजधानी, नाम तथा संसद्बाट पारित हुने विधेयक र समिति सभापतिको विषय टुंगो लगाइनेछ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.